Nepal T20 : वेस्टइन्डिजका विलियम्स जनकपुरमा आवद्ध

वेस्टइन्डिज राष्ट्रिय क्रिकेटर केजरिक विलियम्सले नेपाल टि-ट्वान्टी लिग खेल्ने भएका छन्।

सोमपाल कामि कप्तानीको टिम जनकपुर रोयल्सले दोश्रो विदेशी खेलाडीको रुपमा वेस्टइन्डिजका दायाँ हाते फास्ट बलरलाई भित्र्याएको हो। यस अघि रोयल्सले अर्का वेस्टइन्डिज क्रिकेटर चाडविक वाल्टनलाई भित्र्याइसकेको छ।

३२ वर्षीय विलियम्सले वेस्टइन्डिजको लागि ८ वटा एकदिवसीय अन्तर्राष्ट्रिय र २६ वटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन्। एकदिवसीयमा ८ खेलमा ९ विकेट तथा २६ टि-ट्वान्टीमा उनले ४१ विकेट लिएका छन्। सन् २०१६ मा पाकिस्तान विरुद्ध टि-ट्वान्टी अन्तर्राष्ट्रिय तथा २०१७ मा भारत विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका उनले अन्तिम पटक २ वर्ष अघि वेस्टइन्डिज विरुद्ध टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका थिए।

यस अघि ड्राफ्टमार्फत छनोट गरेका खेलाडीहरु लिगको नयाँ मितिमा उपलब्ध उपलब्ध नहुने हुनाले नेपाल टि-२० लिगका टिमहरुले प्रतिस्थापनमा खेलाडीहरु घोषणा गरिरहेको हो।

सोमपाल कामि मार्की खेलाडी रहेको जनकपुरले यस अघि राष्ट्रिय टिमका पूर्व प्रशिक्षक उमेश पटवाललाई नियूक्त गरिसकेको छ।

टिममा राष्ट्रिय क्रिकेटरहरु सन्दिप जोरा, आदील आलम, ललित राजवंशी, सुशन भारि, सागर पुन, पवन सर्राफ, दिलिप नाथ, जितेन्द्र मुखिया र राजेश पुलामी आवद्ध छन्।

जनकपुर रोयल्स टिम : सन्दिप जोरा, आदील आलम, ललित राजवंशी, सुशन भारि, सागर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया र राजेश पुलामी, दिलिप नाथ, खडक बोहरा, चाडविक वाल्टन, केजरिक विलियम्स

सम्बन्धित : 

Nepal T20 : लुम्बिनीको प्रशिक्षकमा इंग्ल्यान्डका ट्रेगो

Nepal T20 : विराटनगरले भित्र्यायो पाकिस्तानी क्रिकेटर





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]