Nepal T20 : लुम्बिनीको प्रशिक्षकमा इंग्ल्यान्डका ट्रेगो

२०७९ पुष २, शनिबार २१:०५

डिसेम्बर २३ तारिख देखि काठमाडौंमा सुरु हुने नेपाल टि-ट्वान्टी लिगको फ़्रेन्चाइज् लुम्बिनी अल स्टार्सले इंग्ल्यान्डका चर्चित प्रथम श्रेणी पूर्व क्रिकेटर पिटर ट्रेगोलाई नियुक्त गरेको छ।

२०२१ मा व्यवसायिक क्रिकेटबाट सन्यास लिएका ४१ वर्षीय ट्रेगो इंग्ल्यान्ड टिमको प्रतिनिधित्व गर्न नपाएका दुर्भाग्यशाली खेलाडी मध्ये पर्छन्। उनले इंग्ल्यान्ड लायन्स टिमबाट २०१० मा ११ खेल खेल्दै उत्कृस्ट प्रदर्शन गरेता पनि पनि इंग्ल्यान्डको लागि डेब्यु गर्न भने पाएनन्। सन्यास लिएपछि उनि प्रशिक्षकको रुपमा सक्रिय छन्।

“सन्यास पछि म प्रशिक्षणमा व्यस्त छु र पनि व्यवसायिक क्रिकेटको पहिलो अवसर पाउदा उत्साहित छु। प्रमुख प्रशिक्षकको रुपमा नेपाल टि-२० लिग खेल्ने विश्वभरका क्रिकेटरहरुलाई सकारात्मक प्रभाव पार्नेमा आशावादी छु।” ट्रेगोले अल स्टार्सद्वारा जारि बिज्ञप्तिमा बताएका छन्।

ट्रेगोले ४ वर्ष अघि नेपालमा आयोजित पोखरा प्रिमियर लिगको पहिलो संस्करणमा धनगढी ब्लुज टिमबाट खेलेका थिए।


ट्रेगोले २२३ प्रथम श्रेणी खेलमा ९.६४४ रन, २०६ लिस्ट ‘ए’मा ५,०५७ रन तथा २११ टि-ट्वान्टीमा ४१२७ रन बनाएका छन् भने क्रमशः टिमवटा फर्म्याटमा ३९५, १७३ र ७८ विकेट लिएका छन्।

अलस्टार्सले विदेशी खेलाडीको रुपमा हरमित सिंह, बिपुल शर्मा, प्याट ब्राउन, नुवान थुसारा र लाहिरु मिलान्थालाई आवद्ध गरेको छ। यस्तै राष्ट्रिय क्रिकेटरहरु दिपेन्द्र ऐरी, कुशल भुर्तेल, गुल्सन झा, सागर ढकाल, सुनिल धमला, अनिल शाह, इशान पाण्डे, किशोर महतो टिममा छन्।

लुम्बिनी अल स्टार्स टिम : दिपेन्द्र ऐरी, कुशल भुर्तेल, गुल्सन झा, सागर ढकाल, सुनिल धमला, अनिल शाह, इशान पाण्डे, किशोर महतो, योगेन्द्र सिंह कार्की, आकाश चन्द, हरमित सिंह, बिपुल शर्मा, प्याट ब्राउन, नुवान थुसारा र लाहिरु मिलान्था

सम्बन्धित : 

Nepal T20 : भिडियो मार्फत लुम्बिनी अल स्टार्सको जर्सी सार्वजनिक

Nepal T20 : वेस्टइन्डिज क्रिकेटर वाल्टन जनकपुरमा आवद्ध

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy