अन्तरबिधालय क्रिकेटमा पिसल्यान्ड र लिटिल एन्जेल फाईनलमा भिडने

चन्दनकुमार यादब, जबिराज , पुस ८ शुक्रवार

सप्तरी क्रिकेट संघकाे अायाेजनामा राजबिराजमा संचालित जिल्लास्तरिय अन्तरबिधालय एकदिवसिय क्रिकेट प्रतियाेगितामा पिसल्यान्ड र लिटिल एन्जेल फाईनल प्रवेष गरेका छन।

शुक्रवार सम्पन्न सेमिफाईनल खेलमा पिसल्यान्डले शिब्सलाई ७ बिकेटले र लिटिल एन्जेल स्कुलले रायपुर माबिलाई २४ रनले पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन।

शुक्रवार पबिमाबिकाे खेल मैदानमा शिब्स र पिसल्यान्ड बिचकाे पहिलाे सेमिफाईनलकाे राेमान्चक खेलमा पिसल्यान्डले शिब्सलाई अन्तिम बलमा एक रन बनाउदै फाईनलमा अाफनाे स्थान पक्का बनाएकाे छ।

अन्तिम अाेभरमा पिसल्यान्डले ६ बलमा १५ रन बनाउनु थियाे,भने शिब्सले रन राेक्नु थियाे,

ब्याटर बरूण गामीले बिष्फाेटक ब्याटिंग गर्दै अाेभरमा दुई रन वाईड वलवाट, ब्याटवाट एक वटा चा‌ैका, र अाेभरकाे सकेन्ड लास्ट वलमा एक वटा छक्का, र अन्तिम बलमा एक रन बनाएपछि जित राेमान्चक भएकाे थियाे।

टस जितेर शिब्सले टस जितेर निर्धारित १५ अाेभरकाे खेलमा ३ बिकेट गुमाएर १ सय २८ रनकाे याेगफल खडा गरेका थिए।

जसमा लगातार ४ वटै खेलमा अर्थशतक पारी खेल्दै विशाल यादबले ५६ रन अविजित बनाएपछि शिब्सले राम्राे याेगफल बनाए थिए।

यसैगरी राेहित यादब ३७ रन जाेडेका थिए।

बलिंग तर्फ पिसल्यान्ड स्कुलका बरूण देव गामी,अारयन दास, शनि यादब १/१ बिकेट लिएका थिए।

प्रतिउतरमा पिसल्यान्डका ब्याटर बरूणदेव गामीले बिष्फाेटक ब्याटिंग गर्दै खेलकाे अन्तिम अाेभरमा १ छक्का,१ चाैका बनाएपछि पिसल्यान्ड ७ बिकेटले जित हासिल गर्दै फाईनलमा स्थान पक्का गरेकाे छ।

टिमका ब्याटर बरूणले ४६ बलमा ४ छक्का, ७ चाैकाकाे मदतले अविजित ६४ रन बनाएका थिए।

यसैगरी टिमलाई जिताउन अभिशेक मण्डलले उत्कृष्ट ब्याटिंग गर्दै ३४ रन जाेडेका थिए।

यता बलिंग तर्फ शिब्सका सुशान्त देव, लवकान्त यादबले १/१ बिकेट हात पारेका थिए भने एक जना खेलाडी रन अाउट भएका थिए।

उक्त अवसरमा मेलब्रन क्रिकेट फाउन्डेशन काेच तथा नेपाल क्रिकेट फाउन्डेशन प्राेग्रामिनिगं चिफ सारा बेगले खेलकाे म्यान अफ दि म्याच बिजय टिमका बरूणदेव गामीलाई नगद ५ सय सहित मेडल वाट पुरस्कृत गरेका थिए।

यसैगरी अाजै सम्पन्न कन्छुनरप्रताप माबि रायपुर र लिटिल एन्जेल स्कुल राजबिराज बिच भएकाे दाेस्राे सेमिफाईनल खेलमा लिटिल एन्जेलले रायपुरलाई २४ रनले पराजित गर्दै फाईनलमा प्रवेष गरेका छन।

टस जितेर लिटिल एन्जलले निर्धारित २० अाेभरमा ७ बिकेट गुमाएर १ सय ४८ रनकाे याेगफल खडा गरेका थिए।

जसमा कर्णबहादुरले अर्धशतक पारी खेल्दै ५० रन बनाएका छन भने प्रियान्सु कर्ण ४४ र जेम्स बिकले १९ रन जाेडेका थिए।

बलिंग तर्फ रायपुर टिमका सुमन चाैधरी ४ बिकेट,अजय अधिकारी, अभिसेक साह र सन्ताेष अधिकारीले समान्य १/१ बिकेट हात पारेका थिए।

प्रतिउतरमा माबि रायपुरले १९ अाेभर १ बलमा सबै बिकेट गुमाई १ सय २४ रनमै सिमित रहे।
जसमा अमन मण्डल २५ रन,अजय अधिकारी र दिपेन्द्र मेहता २३/२३ रन, सुमन चाैधरीले १५ रन बनाएपनि जितका लागि प्रयाप्त भएन,याे सँगै लिटिल एन्जेल फाईनलमा प्रवेष गरेकाे हाे।

बलिंग तर्फ लिटिल एन्जेलका श्रवण गुप्ता ४ बिकेट,शिव दास ३ बिकेट महेन्द्र मण्डल र गाेपाल मण्डल १/१ बिकेट लिएका थिए।

खेलकाे म्यान अफ दि म्याच लिटिल एन्जेलका श्रवण गुप्ता घाेषित भए।

भाेलीकाे फाईनल खेल पूर्व पविमावि र नरेन्द्र मेमोरियल माबि बोरिया बीच मैत्रीपूर्ण महिला क्रिकेट हुनेछ भने त्यस पश्चात पिसल्यान्ड स्कुल र लिटिल एन्जेल बिच हुने सप्तरी क्रिकेट सँघका सदस्य शंभु दासले जानकारी दिएका छन।





थप समाचार

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]