क्रिकेट सङ्घ दाङको अध्यक्षमा मजगैयाँ निर्वाचित

जिल्ला क्रिकेट सङ्घ दाङको अध्यक्षमा पुनः प्रदीप मजगैयाँ निर्वाचित भएका छन्।

घोराहीमा सोमबार भएको चौथो जिल्ला अधिवेशनले मजगैयाँको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक अधिवक्ता नारायण डाँगीले जानकारी दिए।

सङ्घको उपाध्यक्षमा किशोरकुमार घर्तीमगर, सचिवमा सञ्जु केसी ‘पुरन’ र कोषाध्यक्षमा बालकृष्ण खत्री निर्वाचित भएका छन् । सदस्यहरुमामा किशोरचन्द्र गौतम, कैलाश रोकामगर, अनु केसी, केशव झाँक्री मगर, प्रविन बुढामगर, रुपेश शर्मा, विकास आचार्य, सन्जोग गिरी र सन्दीप घर्ती निर्वाचित भएका छन् ।

निर्वाचनका लागि दाङ आउनुभएका सङ्घका केन्द्रीय सचिव दुर्गाराज पाठकले दाङ क्रिकेट क्षेत्रको विकासका लागि सम्भावना बोकेको ठाउँ भएको बताउनुभयो । उहाँले पूर्वाधारसँगै खेलाडीको क्षमता विकासमा ध्यान दिनुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष दुर्गाबहादुर थापाले पूर्वाधारको विकाससँगै प्रतियोगिता सञ्चालन गरेर खेलाडी उत्पादनमा ध्यान दिनुपर्ने बताए ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]