दाङ जिल्लामा एकदिने क्रिकेट अम्पायर तथा स्कोरर तालिम सम्पन्न

दाङ , घोराही ३० विकास भट्टराई

दाङ जिल्ला क्रिकेट संघको आयोजनामा शनिवार एक दिने अम्पायरीङ तथा स्कोरिङ सम्बन्धि सहजीकरण तालिम घोराहीमा सम्पन्न भएको छ। जिल्लामा रहेका अम्पायर, स्कोरर तथा नयाँ अम्पायर तथा स्कोरर बन्न चाहने २४ जनाले अम्पायर र स्कोरिङ सम्बन्धि सहजीकरण तालिम लिएका हुन् ।

पछिल्लो समय जिल्लामा क्रिकेट गतिविधि बढे संगै प्राबिधिकको कमि भएको कारणले नयाँ जनशक्ति उत्पादन गर्न तालिम आयोजना गरिएको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिनु भएको थियो । “हाल जिल्ला संघमा ५ जना आधिकारिक प्राबिधिक रहेको र देउखुरी र जिल्लाको पश्चिम् क्षेत्रमा प्राबिधिक आवश्यक रहेकोले तालिम आयोजना गरिको हो “। तालिमको सहजीकरण अन्तरास्ट्रिय अम्पायर मञ्जुल भटराईले गर्नु भएको थियो । उहांले अम्पायरहरुले आफुले पालना गर्नुपर्ने नियम, रुटिन सहित अम्पायरको भुमिकाको जानकारी गराउनु भयो । तेस्तै उहाँले अम्पायर गर्दा हुन आउने समस्या, तेस्को सामना तथा समाधान कसरी गर्ने भन्ने समेत जानकारी गराउनु भयो । यो सङै अम्पायरले क्रिकेट खेल खेलाउदा आईसिसिको प्लेईङ कन्डिसन तथा यस खेलका नियमहरुसँग रहि कसरी खेलाउने भन्ने कुराको पनि जानकारी गराउनुभयो ।

दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पुर्ब वरिष्ठ खेलाडी एब जिल्ला संघका सल्लाहकार निरञ्जन  राजभण्डारीले रहनु भएको उक्त कार्यक्रमको सञ्चालन दाङ जिल्ला क्रिकेट संघका सचिव सञ्जु केसीले गर्नुभएको थियो





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]