प्रम कप पुरुष सुदुरपश्चिम प्रादेशिक छनोट : दिपक चन्दको उत्कृष्ट बलिङमा कञ्चनपुरको लगातार तेश्रो जित

२०८० पुष १८, बुधबार २०:५५

लोकेश जोशी/धनगढी

सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा यहि पौष १४ गतेदेखि पौष २४ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन भएको एलाइट च्याम्पियनसिप अन्तर्गतको पाँचौ दिनको छैटौं खेलमा कञ्चनपुरले अछामलाई ६ विकेटले पराजित गर्दै जारी प्रतियोगितामा लगातार तेश्रो जित पनि निकालेको छ।

प्रतियोगिताको छैटौं खेलमा अछामले टस जित्दै पहिला ब्याटिङ्ग गर्ने निर्णय लिएको हो।फलस्वरूप, अछामले खराब मौसमका कारण हुनुपर्ने ४५ ओभरको खेललाई २८ ओभरमा झारिएकोमा २३.२ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति मात्र ८९ रन जोड्नसक्यो।ब्याटिङ्गतर्फ अछामका लागि सुरज तिरुवाले सर्वाधिक ३० रन बनाउनेक्रममा ५३ बल खेल्दा अर्का ब्याट्सम्यान युवराज खत्रीले पनि २० रन बनाउनेक्रममा २२ बल खेल्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्ननसक्दा टोलि सस्तैमा समेटिन पुगेको टिम कप्तान राजु रिजालले बताए।बलिङ्गतर्फ, कञ्चनपुरका लागि दिपक चन्दले ५ विकेट लिनेक्रममा ६ ओभर बलिङ गर्दै १ मेडेनसहित १६ रन खर्चंदै सर्वाधिक ५ विकेट लिन सफल हुँदै जारी प्रतियोगितामा पहिलो पाँच विकेट लिने खेलाडी हुँदा भरत चन्दले पनि ३ विकेट लिनेक्रममा ४.२ ओभर बलिङ गर्दै १२ रन खर्चिनपुगे।

९० रनको झिनो विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको कञ्चनपुरले निर्धारित २८ ओभरको खेलमा १७.२ ओभर खेल्दै मात्र ४ विकेटको क्षति ९० रन बनाउदै रोमाञ्चक ६ विकेटको जित आफ्नो नाम दर्ता गराउदै जारी प्रतियोगितामा लगातार तेश्रो जित निकाल्न पनि सफल भयो।ब्याटिङतर्फ ,कञ्चनपुरका लागि किरन ठगुन्नाले ३१ रन बनाउने क्रममा २७ बल खेल्दा अर्का ब्याट्सम्यान प्रकाश पाण्डेले अविजित २५ रन बनाउने क्रममा ४८ बल खेल्न सफल भए।बलिङतर्फ अछामका लागि रोहित खड्काले सर्वाधिक २ विकेट लिनेक्रममा ५ ओभर बलिङ गर्दै २५  रन खर्चिनुका साथै अभिषेक चौधरी र युवराज खत्रीले पनि १/१ विकेट लिएपनि आफ्नो टोलिलाइ जित दिलाउन सकेनन्।


सुदुरपश्चिम प्रदेशस्तरिय छनोट खेल अन्तर्गत पाँचौ दिनको छैटौं खेलमा म्यान अफ दी म्याच कञ्चनपुरका दिपक चन्द घोषित हुँदै नगद एकहजार तथा आकर्षक ट्रफी हात पार्न सफल भए।

राष्ट्रिय खेलकुद परिषदको वार्षिक कार्यतालिकाअनुसार नेपाल  क्रिकेट संघले यहि पौष २७ गतेदेखि रुपन्देही  जिल्लाको सिद्धार्थ रंगशाला सुरु हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता-२०८० को तयारीस्वरुप यही पौष ८ गतेदेखि पौष २४ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदान र बैतडीको सुन्दरखाली  क्रिकेट मैदानमा प्लेट च्याम्पियनसिप र एलाइट च्याम्पियनसिप गरि दुई समुहमा बिभाजन गरि सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघले आयोजना गरेको प्रधानमन्त्री कप पुरुष प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता-२०८० सञ्चालन गरेको थियो।

प्रतियोगिताको तेश्रो दिनको पाँचौं एकदिवसीय खेल भोलि पौष १९ गते प्लेट च्याम्पियन बझाङ र कैलालीबीच बिहान ०९:३० बजेदेखि सुरु हुने सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक रमेश बोहरा ज्यूले जानकारी गराउनुभयो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy