प्रम कपमा सहभागी हुने सुदुरपश्चिम प्रदेश टोलीको विदाइ

२०८० पुष २८, शनिबार १२:४९

लोकेश जोशी / धनगढी

काठमाडौको मुलपानी र त्रिभुवन विश्वविद्यालय तथा भैरहवाको सिद्धार्थ रंगशालामा हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता-२०८० मा सहभागी हुने सुदुरपश्चिम प्रदेश टोलिको विदाइ गरिएको छ।

 

सुदुरपश्चिम प्रदेशको पुरुष सिनियर टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य  धिरेन्द्र साउँद, प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहरा तथा प्रादेशिक क्रिकेट संघका अध्यक्ष वाशुदेव जोशी लगायत प्रादेशिक क्रिकेट संघका पदाधिकारी साथै कार्यसमिति सदस्यहरुले होटल जुमेराको सभा हलमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरेका हुन्।

जनवरी १३ देखि फेब्रुअरी ०३ तारिखसम्म हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशका खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य तथा विदाइ अनि शुभकामना कार्यक्रमका प्रमुख अतिथी धिरेन्द्र साउँदले बताए । सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वाशुदेव जोशीले पनि प्रधानमन्त्री कपका लागि भैरहवा प्रस्थान गर्नलागेको प्रादेशिक टोलिलाइ जितको शुभकामना दिदै विदाइ गरेका छन्।

यहि पौष ०८ गतेदेखि पौष २४ गतेसम्म सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघले बैतडीको सुन्दरखाली मैदानमा प्लेट च्याम्पियनसिप र धनगढीको फाप्ला क्रिकेट मैदानमा एलाइट च्याम्पियनसिप गरि दुई समुहमा बिभाजन गरि छनोट प्रतियोगिता आयोजना गरेकोमा प्लेट च्याम्पियनसिपअन्तर्गत बझाङ र एलाइट च्याम्पियनसिपअन्तर्गत कैलाली च्याम्पियन बनेका हुन।सोही छनोट प्रतियोगितालाई मध्यनजर गर्दै प्रादेशिक क्रिकेट संघ सुदुरपश्चिम प्रदेशको छनोट समितिले उत्कृष्ट २६ खेलाडीलाई बन्दसत्रमा राख्दै दुई एकदिवसीय खेलाइ त्यसमा पनि उत्कृष्ट प्रदर्शन गर्ने ४ वैकल्पिक खेलाडी सहित राजु रिजालको नेतृत्वमा १८ सदस्यीय टोलिको हिजोमात्रै घोषणा गरिएको थियो।


प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता-२०८० खेल्ने सुदुरपश्चिम प्रदेशको सिनियर टोलिमा : राजु रिजाल(कप्तान,विकेटकिपर),टेक रावत,खडक बोहरा,गजेन्द्र बोहरा,नारायण जोशी,शेर मल्ल,भोजराज भट्ट,बिकास आग्री,दिपक चन्द,किरनकुमार ठगुन्ना,मिलन बोहरा,प्रकाश पाण्डे,नरेन साउँद र नरेन भट्ट रहेका छन भने वैकल्पिक खेलाडीमा अभिषेक पाल,वसन्त खत्री,युवराज खत्री र सञ्जय बोहरा रहेको टोलिको प्रमुख प्रशिक्षकमा दिपेन्द्रबहादुर चन्द त्यसैगरी सहायक प्रशिक्षकमा सन्तोष भट्ट र टोलि व्यवस्थापकमा रमेश बोहरा रहेको टोलिमा भिडियो एनालिस्टमा तेज कार्कीलाई समावेश गरि जिम्मेवारी दिइएको प्रादेशिक क्रिकेट संघका अध्यक्ष वाशुदेव जोशीले बताए।

सुदुरपश्चिम प्रदेशका खेलहरुमा भैरहवा सिदार्थ क्रिकेट रंगशालामा पहिलो खेल जनवरी १५ तारिखमा लुम्बिनी प्रदेश विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ भने  दोस्रो खेल जनवरी १६ तारिखमा  कर्णाली प्रदेश विरुद्ध खेल्नेछ।त्यस्तै,आफ्नो तेस्रो खेल जनवरी १८ तारिखमा गण्डकी प्रदेश विरुद्ध खेल्दै भैरहवाबाट बाँकी खेलका लागि काठमाडौ प्रस्थान गर्नेछ भने चौथो खेल त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनवरी २२ तारिखमा मधेश प्रदेश  विरुद्ध खेल्नेछ। पाँचौ खेल पनि सोही मैदानमा जनवरी  २४ तारिखमा कोशी प्रदेश विरुद्ध खेल्नेछ भने छैठौं खेल मुलपानी क्रिकेट मैदानमा जनवरी २५ तारिखमा  बागमती प्रदेश विरुद्ध खेल्नेछ।आफ्नो सातौ खेल  पुनः त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनवरी २९ मा नेपाल आर्मी विरुद्ध खेल्नेछ।  आठौं र नवौं खेल मुलपानी मैदानमा जनवरी ३० र फेब्रुअरी ०१ तारिखमा क्रमशः नेपाल एपीएफ क्लव र नेपाल पुलिस क्लव विरुद्ध प्रतिस्पर्धा गर्दै प्रतियोगितामा सुखद नतिजा निकाल्दै अघिल्लो चरणको ढोका खोल्ने टिम कप्तान राजु रिजाल बताउछन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy