मैय्यादेवी स्मृति यू-१९ महिला राष्ट्रिय क्रिकेट : कप्तान स्नेहा महराको अलराउन्ड प्रदर्शनमा सुदुरपश्चिम प्रदेशको लगातार दोश्रो जित

लोकेश जोशी / धनगढी

लोकतान्त्रिक खेलकुद संघ चितवनको आयोजना तथा नेपाल क्रिकेट संघको सहकार्यमा यहि माघ १२ गतेदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन भएको प्रथम मैय्यादेवी स्मृति यू-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता-२०८० को तेश्रो दिनका पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले कोसी प्रदेशलाई १९ रनले पराजित गर्न सफल हुँदै प्रतियोगिताको सेमिफाइनलमा आफ्नो नाम दर्ता गराउन पनि सफल भएको छ।

प्रतियोगिताको चौथो दिनको पहिलो खेलमा कोसी प्रदेशले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको हो। फलस्वरूप, खराब मौसमका २० ओभरको खेललाइ १५ ओभरमा घटाइएको खेलमा सुदुरपश्चिम प्रदेशले ३ विकेट गुमाउदै १०४ रन बनाउनसक्यो । ब्याटिङतर्फ सुदुरपश्चिम प्रदेशका लागि सावित्री धामीले सर्वाधिक ३३ रनको अविजित पारी खेल्नेक्रममा २३ बल खेल्दा कप्तान स्नेहा महराले पनि अविजित २० रन बनाउनेक्रममा १७ बल, निलम पाण्डेले १६ रन बनाउनेक्रममा २१ बल तथा मनिषा बोहराले १० रन बनाउनेक्रममा २५ खेल्नपुगिन।बलिङतर्फ कोसी प्रदेशका लागि निरा राजवंशी र रिया शर्माले समान १/१ विकेट लिनेक्रममा क्रमशः ३ ओभर बलिङ गर्दै १२ रन तथा १ ओभर बलिङ गर्दै १९ रन खर्चिनपुगिन।

१०५ रनको बिजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको कोसी प्रदेशले निर्धारित १५ ओभरको खेलमा ६ विकेट गुमाउदै ८५ रन बनाउनसक्दा खेल १९ रनले गुमाउनपुग्यो। ब्याटिङतर्फ कोसी प्रदेशका लागि रिया शर्माले सर्वाधिक २७ रनको अविजित पारी खेल्नेक्रममा ३९ बल खेल्दा अर्कि  ब्याटर टीका शाहले पनि महत्त्वपूर्ण २५ रन बनाउनेक्रममा १५ बल तथा प्रतिभा मण्डलले अविजित १० रन बनाउनेक्रममा २१ बल खेल्न पुगिन। बलिङतर्फ सुदुरपश्चिम प्रदेशका लागि कप्तान स्नेहा महरा र अनु कडायतले समान २/२ विकेट लिनेक्रममा क्रमशः ३ ओभर बलिङ गर्दै १० रन तथा ३ ओभर बलिङ गर्दै २० रन खर्चिदै आफ्नो टोलिलाइ जित  दिलाउन सफल हुँदै प्रतियोगिताको सेमिफाइनल पुर्‍याउन पनि सफल भइन।

 

प्रतियोगिताको चौथो दिनको पहिलो खेलमा प्लेयर अफ दी म्याच सुदुरपश्चिम प्रदेशकि कप्तान स्नेहा महरा    घोषित हुन सफल हुँदै नगद १७०० तथा आकर्षक ट्रफी हात पार्न पनि सफल भएकी छिन।





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]