यू-१९ विश्वकप : नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसीसी यू-१९ क्रिकेट विश्वकप अन्तर्गत आज सुपर सिक्समा नेपालले बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दै छ ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने २ मा माङगोङ ओभलमा सुरु हुदैछ ।

नेपाल सुपर सिक्स खेल्नु अघि नै सेमिफाइनल दौडबाट बाहिर भइसकेको छ । त्यसैले नेपालको लक्ष्य विना दबाब उत्कृष्ट खेल्दै बंगलादेशलाई दुई दशकपछि स्तब्ध पार्ने सोच हुनेछ ।

उता बंगलादेशलाई भने सुपर सिक्सको अंक गणीतिय सम्भावना कायमै राख्न विशाल जित आवश्यक पर्दछ ।

नेपाल र बंगलादेशबीच यु-१९ विश्वकपमा अहिलेसम्म दुई पटक भेट भएको छ । एक खेल नेपालले जित्दा एक खेल बंगलादेशले जितेको छ ।





थप समाचार

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]