भारतद्वारा नेपाललाई २९८ रनको लक्ष्य

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ को आफ्नो दोस्रो सुपर सिक्स खेलमा नेपालले २ सय ९८ रनको लक्ष्य पाएको छ ।

दक्षिण अफ्रिकामा जारी खेलमा नेपालले २ सय ९८ रनको लक्ष्य पाएको हो । टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९७ रन बनायो ।

भारतका लागि सचिन दास र कप्तान उदय सराहनले शतकीय ईनिङ खेले । उनले १ सय १ बलमा ११ चौका र ३ छक्काको सहयोगमा १ सय १६ रन बनाए । दासले ९३ बलमा १० चौका र २ छक्काको सहयोगमा शतक बनाएका थिए । कप्तान सराहनले १ सय ६ बलमा ९ चौकाको सहयोगमा शतक पूरा गरेका थिए । शतक बनाएको अर्को बलमा उनी आउट भए ।

भारतका लागि ६२ रनमा ३ विकेट गुमाएको स्थितिमा चौथो विकेटका लागि कप्तान उदय साहरन र दासले २ सय १५ रनको दोहोरो शतकीय साझेदारी गरे ।

ओपनर आदर्श सिंहले १८ बलमा २१ तथा प्रियान्शु मोलियाले ३६ बलमा १९ रन बनाए ।

नेपालका लागि गुलसन झाले तीन तथा आकाश चन्दले एक विकेट लिए ।

नेपालले बंगलादेशसँगको पहिलो सुपर सिक्स खेलमा रहेका तीन खेलाडीलाई आज विश्राम दिइएको छ । दिपक बोहारा, विपिन रावल र आकाश त्रिपाटी बेन्चमा रहेका छन् । उत्तम थापा मगर, दिपक डुम्रे र दिपक बोहोराले टोलीमा स्थान बनाएका छन् ।

नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएको थियो । नेपाल सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । उता भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।

आजको खेलमा विजयी भएमा भारत सेमिफाइनलमा पुग्नेछ । पराजित हुँदा पनि भारत नेट रनरेटको आधारमा सेमिफाइनल खेल्ने देखिन्छ ।

नेपाल अन्तिम खेलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ । दक्षिण अफ्रिकामा नेपालको ब्याटिङ चल्न सकेको छैन ।

विश्वकपमा नेपाल र भारतबीच हालसम्म दुई खेल भएको छ । दुबै खेलमा नेपालले हारेको छ ।

नेपालले आफ्नो इतिहासमा भारतलाई एक पटक मात्रै हराएको छ । नेपालले २०१७ को यू–१९ एसिया कपमा भारतलाई १९ रनले हराएको थियो ।





थप समाचार

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]