विश्वकप खेलेर नेपाली टोली स्वदेश फिर्ता

२०८० माघ २२, सोमबार ११:५३

काठमाडौं । दक्षिण अफ्रिकामा भएको यू–१९ विश्वकप क्रिकेटमा सहभागी भएर नेपाली यू-१९ क्रिकेट टोली स्वदेश फर्किएको छ ।

विश्वकपमा सहभागी भएर नेपाली टोली सोमबार स्वदेश फर्किएको हो । नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरुले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

समूह चरणको खेलमा न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित नेपाल टेष्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्समा पुगेको थियो ।

सुपर सिक्समा भारत र बंगलादेशसँग पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरिएको थियो ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy