रुबिनाको ऐतिहासिक शतकमा माल्दिभ्सलाई २२८ रनको लक्ष्य

काठमाडौं । पूर्व कप्तान रुबिना क्षेत्रीको ऐतिहासिक शतकको सहयोगमा नेपालले माल्दिभ्सलाई २ सय २८ रनको लक्ष्य दिएको छ ।

मलेसियामा जारी एसीसी वुमेन्स प्रिमियर कपमा रुबिनाले ऐतिहासिक शतक प्रहार गरेकी हुन् ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २७ रन बनायो ।

रुबिनाले ५९ बलमा अविजित १ सय १८ रन बनाईन् । रुबिनाले ५४ बलमा १० चौका र ३ छक्काको सहयोगमा नेपाली टिमका लागि पहिलो शतक पूरा गरिन् । यस अघि सीता रानामगरले ८२ रनको अविजित ईनिङ नै नेपालका लागि बनेको सर्वाधिक रन थियो ।

पूजा महतोले ३६ बलमा ५९ रनको अर्धशतकीय ईनिङ खेलिन् । पाँचौ विकेटका लागि रुविना र पूजाको बीचमा १ सय ६६ रनको साझदारी भएको थियो ।

यो नै नेपालले बनाएको सर्वाधिक टिमको सर्वाधिक स्कोर समेत रहेको छ । यस अघि २०२१ मा कतारविरुद्ध १ सय ६४ रन बनाएको थियो ।

माल्दिभ्सका लागि शम्मा अलीले तीन तथा नाबा नसिमले एक विकेट हात पारे ।

नेपालले लगातार दुई खेलमा जित हासिल गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । आजको खेलमा माल्भ्सिलाई पराजित गर्दै नेपाल आफ्नो समूहको विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गर्न चाहन्छ ।

समूह विजेता बनेमा नेपालले क्वाटरफाइनलमा समूह ए को उपविजेतासँग खेल्ने छ । यस अघिका दुवै खेलमा पराजित माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपालले यसअघि पहिलो खेलमा हङकङलाई तथा दोस्रो खेलमा भुटानमाथि समान आठ आठ विकेटको जित हासिल गरेको थियो ।

हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले एसिया कपमा स्थान बनाउँने छन् ।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]