नेपालले टस हार्यो, आरिफ बेन्चमा

२०८० फाल्गुन ३, बिहीबार ०८:४०

काठमाडौं । २०२७ मा दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा आयोजना हुने ओडिआई विश्वकपको छनोटको रुपमा रहेको विश्वकप लिग टू अन्तर्गतको त्रिकोणत्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपालले टस हारेको छ ।

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियाले टस जितेर बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्दैछ । नेपालले पहिलाे खेलमा देव खनाल, दीपेन्द्र एेरी, अारिफ शेख र सुर्य तामाङलाइ बेन्चमा राखेकाे छ ।

आठ राष्ट्रको सहभागीता रहने लिग टू सिरिजका शीर्ष चार टोलीले सिधै विश्वकप छनोट स्थान बनाउँने भएकोले यो खेल नेपालका लागि महत्वपुर्ण छ ।

नेपालले नामिबियाविरुद्ध एकदिवसीय अन्तराष्ट्रियमा सातौं पटक खेल्न लागेको हो । जसमा एक खेल वर्षाका कारण रद्द भएकोमा नामिबियाले तीन खेलमा जित हात पार्दा दुई खेलमा भने नेपाल विजयी भएको छ ।

सिरिजको दोस्रो खेल १७ फेब्रुअरी अर्थात फागुन ५ मा नेदरल्याण्ड्स र नेपालबीच हुँदा १९ फेब्रुअरी अर्थात फागुन ७ मा नेदरल्याण्ड्स र नामिबिया भिड्नेछन् ।

नेपालले सिरिजको आफ्नो तेस्रो खेलमा २१ फेब्रुअरी अर्थात फागुन ९ मा नामिबियासँग खेल्नेछ । २३ फेब्रुअरीमा नामिबिया र नेदरल्याण्ड्स खेल्दा नेपाल र नेदरल्याण्ड्सबीचमा २५ फेब्रुअरीमा खेल हुदै यो सिरिज सकिने छ ।

नेपालकाे प्लेइङ-११

रोहित पौडेल(कप्तान), आसिफ शेख(विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, गुलशन झा, सोमपाल कामी, करन केसी, ललित राजवंशी र अनिलकुमार शाह

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy