नेदरल्यान्ड्सविरुद्ध नेपाल : हेड टु हेड

काठमाडौं । अफ्रिकी मुलुक दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा संयुक्त रुपमा आयोजना हुने २०२७ को एकदिवसीय विश्वकपको छनोटको रुपमा रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले दोस्रो खेलमा शनिबार खेल्दै छ ।

यस नेपाल सिरिजको दोस्रो खेलमा घरेलु टोली नेपाल र नेदरल्याण्ड्स खेल्दै छन् । खेल शनिबार बिहान सवा ९ बजेबाट टियु मैदान किर्तिपुरमा आयोजना हुदैछ । विश्वकप लिग टू मा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक खेल्दै छन् । एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) मा भने नेपाल र नेदरल्यान्डबीच खेल भईसकेको छ ।

हालसम्म नेपाल र नेदरल्यान्डबीचमा तीन ओडिआई खेल भएको छ । तीन मध्ये दुई खेलमा नेदरल्यान्ड्स र एक खेलमा नेपाल विजयी भएको छ ।

नेपाल र नेदरल्यान्ड्सबीचको पहिलो खेल नेदरल्यान्ड्स र नेपालको दुई एकदिवसीय खेलको सिरिजमा भएको थियो । पहिलो भेट २०१८ अगस्ट १ मा भएको थियो । यो भेट नेपालका लागि ऐतिहासिक रहेको थियो । यो खेल नै नेपाली क्रिकेटमा ओडिआई मान्यता प्राप्त पहिलो खेल रहेको थियो । तर, सो ऐतिहासिक खेल नेपालले गुमाएको थियो ।

सो खेल नेदरल्यान्ड्सले ५५ रनले जितेको थियो । खेलमा टस जितेर घरेलु टोली नेदरल्यान्ड्सले पहिले ब्याटिङ गरेको थियो । माईकल रिप्पोनको अर्धशतकको सहयोगमा नेदरल्यान्ड्स ४७ दशमलब ४ ओभरमा १ सय ८९ रनमा अलआउट भएको थियो ।

नेपालका लागि तत्कालिन कप्तान पारस खड्काले ४ तथा तीव्र गतिका बलर सोमपाल कामीले ३ विकेट लिएका थिए । नेदरल्यान्ड्सका लागि रिप्पोनले ७६ बलमा ५१ तथा बस डि लिडले ६० बलमा ३० रन बनाएका थिए ।

१ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल ४१ दशमलब ५ ओभरमा १ सय ३४ रनमा अलआउट भएको थियो । ज्ञानेन्द्र मल्लले ओडिआई क्रिकेटमा नै नेपालका पहिलो अर्धशतक बनाएका थिए । मल्लले ६१ बलमा ५१ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ४८ बलमा ३३ रन बनाएका थिए । नेदरल्यान्ड्सका लागि पिटर सिलर र माईकल रिप्पोनले समान ३र३ विकेट लिएका थिए ।

नेपाल र नेदरल्यान्ड्सबीच सोहि सिरिजको दोस्रो खेलमा नेपालको दोस्रो भेट भएको थियो । यस खेल नेपालले १ रनले रोमान्चक तबरले जितेको थियो । टस जितेर नेपालले ब्याटिङ रोजेको थियो । तत्कालिन कप्तान पारस खड्का र सोमपाल कामीको अर्धशतकको सहयोगमा नेपाल ४८ दशमलब ५ ओभरमा २ सय १६ रनमा अलआउट भएको थियो ।

नेपालका लागि सोमपाल कामीले ४६ बलमा ७१ तथा कप्तान खड्काले ६९ बलमा ५१ रन बनाएका थिए । नेदरल्यान्ड्सका लागि फ्रेड क्लेसनले ३ तथा माईकल रिप्पोनले २ विकेट लिएका थिए ।

२ सय १७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स निर्धारित ५० ओभरका अन्तिम बलमा २ सय १७ रनमा अलआउट भएको थियो । नेपालका लागि सन्दीप लामिछानेले ३ तथा ललित भन्डारीले २ विकेट लिएका थिए । नेदरल्यान्ड्सका लागि वेस्ले बेरेसीले ८९ बलमा ७१ तथा डानियल टेर ब्राकले ८३ बलमा ३९ रन बनाएका थिए ।

नेपाल र नेदरल्यान्ड्सको तेस्रो तथा पछिल्लो भेट अघिल्लो वर्ष जिम्बावेमा आयोजना भएको विश्वकप छनोटमा भएको थियो । यो खेल नेदरल्यान्ड्सले सात विकेटले जितेको थियो । पहिले ब्याटिङ गरेको नेपाल १ सय ६७ रनमा अल आउट भएको थियो । सो खेलमा कप्तान रोहितकुमार पौडेलले ५५ बलमा ३३ तथा सन्दीप लामिछानेले ३३ बलमा २५ रन बनाएका थिए । नेदरल्यान्ड्सका लगन भान बिकले चार तथा बास डि लिडेले दुई विकेट लिएका थिए ।

१ सय ६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २७ दशमलब १ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । नेपालका लागि सन्दीप लामिछानेले दुई तथा गुलसन झाले एक विकेट लिएका थिए । नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउनले ७५ बलमा ९० तथा बास डि लिडेले ३९ बलमा अविजित ४१ रन बनाएका थिए ।

नेपालको घरेलु भुमीमा भने नेपाल र नेदरल्याड्स ओडिआई खेलमा पहिलो पटक भिड्न लागेका हुन् । त्यसैले यस खेललाई नेपाल ऐतिहासिक बनाउँन चाहन्छ ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]