नेदरल्यान्ड्सलाई हराउँदै ईतिहास बनाउँने लक्ष्यमा नेपाल

काठमाडौं । अफ्रिकी मुलुक दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा संयुक्त रुपमा आयोजना हुने २०२७ को एकदिवसीय विश्वकपको छनोटको रुपमा रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले दोस्रो खेलमा आज(शनिबार) खेल्दै छ ।

यस नेपाल सिरिजको दोस्रो खेलमा घरेलु टोली नेपाल र नेदरल्यान्ड्स खेल्दै छन् । खेल शनिबार बिहान साढे ९ बजेबाट टियु मैदान किर्तिपुरमा आयोजना हुदैछ । विश्वकप लिग टू मा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक खेल्दै छन् । एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) मा भने नेपाल र नेदरल्यान्डबीच खेल भईसकेको छ ।

हालसम्म नेपाल र नेदरल्यान्डबीचमा तीन ओडिआई खेल भएको छ । तीन मध्ये दुई खेलमा नेदरल्यान्ड्स र एक खेलमा नेपाल विजयी भएको छ । विश्वकपको अघिल्लो छनोटमा टेस्ट राष्ट्रहरुसँगै सुपर लिग खेलेको नेदरल्यान्ड्स लिगको पुछारमा रहदै लिग टू मा झरेको थियो । नेपालमा पहिलो पटक नेदरल्यान्ड्सको टिमले ओडिआई खेल खेल्न लागेको हो । यस खेललाई नेपाल ऐतिहासिक बनाउँन चाहन्छ ।

विश्वकप लिग टू मा पहिलो खेल्दै गरेकाे नेदरल्यान्ड्सलाई हराउँदै नेपालले अर्को ईतिहास बनाउँने छ ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]