दत्त र लिभेन्टको शानदार प्रदर्शनमा नेदरल्यान्ड्सको जित

काठमाडौं । नेदरल्यान्ड्सले स्पिनर आर्यान दत्तको कीर्तिमानी बलिङ र ओपनर माइकल लिभेन्टको शानदार प्रदर्शनको सहयोगमा नामिबियालाई पराजित गरेको छ ।

टियु मैदान कीर्तिपुरमा भएको विश्वकप लिग टू को अन्तर्गतको सिरिजमा नामिबियामाथि नेदरल्यान्ड्सले ७ विकेटको जित हात पारेको छ ।

नामिबियाले दिएको १ सय २४ रनको लक्ष्य नेदरल्यान्ड्सले २७ दशमलब २ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

नेदरल्यान्ड्सका लागि ओपनर लिभेन्टले ८१ बलमा ८ चौका र २ छक्काको सहयोगमा ५७ रन बनाए । दोस्रो ओडिआई खेलमा करियरकाे पहिलाे अर्धशतक बनाएका हुन् ।

अर्का ओपनर म्याक्स ओ डाउडले ४२ बलमा २८ रन बनाए । बास डि लिडे २१ रनमा अविजित रहे ।

नामिबियाका लागि कप्तान ग्रेहार्ड इरास्मसले ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ३५ दशमलब १ ओभरमा अल आउट हुदै १ सय २३ रन बनायो ।

नामिबियाका लागि अलराउन्डर जेजे स्मिथले ४६ बलमा १ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए । आठौं विकेटका रुपमा स्मिथ म्याक्स ओ डाउडको बलमा आउट भएका थिए । रुबेन ट्रम्पलम्यानले ३९ बलमा २० रन बनाए । विकेटकिपर जान ग्रिनले २९ बलमा ३ चौकाको सहयोगमा १९ रन बनाए । जान फ्रायलिंक र निकोलस डेभिनले समान १३/१३ रन बनाए ।

नेदरल्यान्ड्सका लागि आर्यान दत्तले ९ ओभरमा ३४ रन खर्चिएर ६ विकेट लिए । नेदरल्यान्ड्सका लागि ओडिआई ईतिहासको यो नै उत्कुष्ट बलिङ फिगर हो । यस अघि टिम भानले २०१३ अगस्ट २९ मा क्यानडाविरुद्ध ९ ओभरमा २४ रन खर्चिएर ५ विकेट लिएका थिए । शनिबार नेपालविरुद्धको खेलमा दत्तले ३ ओभरमा ४४ रन खर्चिएका थिए ।

नेदरल्यान्ड्सकाे जितसँगै विश्वकप लिग टू काे अंक तालिकामा नेपाल शीर्ष स्थानमा उक्लिएकाे छ । नेपाल सिरिजको तेस्रो खेलमा बुधबार नामिबियाविरुद्ध खेल्दैछ ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]