काठमाडौं । अफ्रिकी मुलुक दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा संयुक्त रुपमा आयोजना हुने २०२७ को एकदिवसीय विश्वकपको छनोटको रुपमा रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले अाफ्नाे तेस्राे खेल आज(बुधबार) खेल्दै छ ।
यस नेपाल सिरिजको चाैथाे खेलमा घरेलु टोली नेपालले नामिबियाको सामना गर्दै छ । खेल शनिबार बिहान साढे ९ बजेबाट टियु मैदान किर्तिपुरमा आयोजना हुदैछ । विश्वकप लिग टू को यस सिरिजको पहिलो खेलमा नामिबियासँग खेलेको नेपाल यस खेलमा पराजित भएको थियो । नामिबियासँगको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको छ ।
नेदरल्यान्ड्सले सोमबारको खेलमा नामिबियालाई पराजित गरेसँगै शीर्ष स्थानमा उक्लिएको नेपालले आजको खेल जितेर शीर्ष स्थानमा कायमै रहन चाहन्छ । अंक तालिकामा नेपाल, नामिबिया र नेदरल्यान्ड्सको समान दुई अंक रहे पनि नेटरनरेटमा अघि रहेको नेपाल शीर्ष स्थानमा छ ।