डिसिएल–२ को मुख्य प्रायोजकमा नेपाल टेलिकम

२०८० फाल्गुन ९, बुधबार १८:३९

दाङ । दाङमा हुन लागेको लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो प्रतियोगिता दाङ क्रिकेट लिग (डिसिएल)-२ को मुख्य प्रायोजकमा नेपाल टेलिकम आबद्ध भएको छ । बुधबार दाङ क्रिकेट संघले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

आगामी फागुन १४ गतेदेखि १९ गतेसम्म घोराहीको गुलरिया क्रिकेट मैदानमा हुने सो प्रतियोगितामा घोराही टाईगर्स, देउखुरी वारियर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल्स, दंगाली लायन्स गरी पाँच वटा फ्रेन्चाईज क्लबको सहभागिता रहने छ। फ्रेन्चाईज क्लबहरुले केही दिन अघि अक्सनमार्फत खेलाडी खरिद गरि सकेको छन् ।

साथै आयोजकले खेलतालिका पनि सार्वजनिक गरेको छ जस अन्तर्गत साविक विजेता घोराही टाईगर्स र दंगाली लायन्स बीच उद्घाटन खेल हुने छ । सम्पूर्ण फ्रेन्चाईज क्लबले एक अर्का संग खेल्ने छन जस्मा शीर्ष २ क्लव उपाधिका लागि फागुन १९ गते भिड्ने दाङ क्रिकेट संघका सचीव सन्जु केसिले जानकारी दिनु भयो ।

लिग विजेताले नगद दुई लाख पचास हजार र उपविजेताले १ लाख रुपैयाँसहित शिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी, बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडीलाई समान दश–दश हजार, म्यान अफ द सिरिजलाई पन्ध्र हजार, म्यान अफ द म्याचलाई पाँच हजार प्रदान गरिनेछ ।

प्रतियोगिता जिल्लामा क्रिकेट खेलको वातावरण बनाउनेदेखि जिल्लाबाहिर क्रिकेटको सम्भावना बोकेको जिल्लाको पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिईएको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।

खेल तालिका

No description available.

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy