नेपालले टस हार्यो, जोरा कप्तानमा निरन्तर

२०८० फाल्गुन १०, बिहीबार ०९:०८

काठमाडौं । क्यानडा-११ विरुद्धको तीन खेलको एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले टस हारेको छ ।

अन्तिम तथा निर्णायक खेलमा नेपालले टस हारेको हो । मुलपानी क्रिकेट मैदानमा क्यानडाका कप्तान साद वीन जाफरले टस जितेर बलिङ रोजे पछि नेपालले पहिला ब्याटिङ गर्दै छ ।

कप्तानमा सन्दीप जोरा निरन्तर रहेका छन् । प्लेईङ-११ मा चार परिवर्तन भएको छ । तीन खेलको सिरिज १-१ को बराबरीमा रहेको छ । पहिलो खेलमा क्यानडा-११ विजयी हुँदा दोस्रो खेल नेपाल ए ले जितेको थियो । आजको खेलमा विजयी टिमले सिरिजमा जित हात पार्ने हुँदा दुवै टोलीका लागि यो खेल महत्वपुर्ण छ ।

दोस्रो एकदिवसीय खेलमा खेलेका किरण ठगुन्ना, मयन यादव, विवेक यादव, रिजन ढकाल बाहिरिएका छन् । प्रशित जिशी, आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया टाेलीमा माैका पाएका छन् ।

नेपालको प्लेईङ-११

सन्दीप जोरा(कप्तान), अर्जुन कुमाल, प्रशित जिशी, आशुतोष घिरैया, हेमन्त धामी, राशिद खान, सागर ढकाल, साहब आलम, बसिर अहमद, सुजन थपलिया र शेर मल्ल ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy