नेदरल्यान्ड्सलाई २०४ रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग टू अन्तर्गतको जारी त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सलाइ नामिबियाले जितका लागि २ सय ४ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ४२ औं ओभरको तेस्रो बलमा अल आउट हुदै २ सय ३ रन मात्र बनायो ।

नामिबियाका लागि जेन निकोलले ४३ बलमा ६ चौका र २ छक्काको सहयोगमा ४९ रन बनाए । अर्धशतक बनाउँन १ रनले चुकेका जेन रन आउट भएका थिए । यसै खेलमा डेब्यु गरेका मलान कुरुगरले ४८ बलमा ३५ रन बनाए ।

आर्यान दत्तको बलमा आउट हुनुपुर्व मलानले ५ चौका प्रहार गरेका थिए । जेन फ्रायलिंकले ५७ बलमा ३४ रन बनाए । छैटौं विकेटका लागि निकोल र फ्रायलिंकले ७८ रनको साझेदारी गरेका थिए ।

जान ग्रिनले २० बलमा २२ रन बनाए । नेदरल्यान्ड्सका लागि भिभियन किंग्मा ३ तथा आर्यान दत्त र रिलोफ भान डर मिरोले समान २/२ विकेट लिए । बास डि लिडे र शिराज अहमदले समान १/१ विकेट लिए ।

बिहिबारको वर्षाका कारण टस ढिला भएको थियो । खेल साढे १० मा सुरु भएको खेल ४५ ओभरमा छोट्याएको थियो ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]