नेदरल्यान्ड्सविरुद्ध नेपाल : सम्भावित प्लेईङ-११, एक परिवर्तनको सम्भावना

काठमाडौं । २०२७ मा दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा आयोजना हुने ओडिआई विश्वकपको छनोटको रुपमा रहेको विश्वकप लिग टू अन्तर्गतको पहिलो त्रिकोणत्मक सिरिज नेपालमा जारी छ ।

सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सको सहभागीता रहनेछ । सिरिजमा हरेक टोली हरेकसँग दुई खेल खेल्नेछन् । यस त्रिकोणात्मक सिरिजको अन्तिम तथा छैटौं खेलमा नेपालले आईतबार नेदरल्यान्ड्ससँग खेल्दैछ ।

आठ राष्ट्रको सहभागीता रहने लिग टू सिरिजका शीर्ष चार टोलीले सिधै विश्वकप छनोट स्थान बनाउँने भएकोले यो खेल नेपालका लागि महत्वपुर्ण छ । नेदरल्यान्ड्सलाई गत साता मात्र पहिलो पटक नेपालले घरेलु मैदानमा पराजित गरेको थियो ।

घरेलु भुमीमा नेदरल्यान्ड्सविरुद्ध नेपाल लगातार दोस्रो जित निकाल्न चाहन्छ । यसका लागि नेपालले बलियो प्लेईङ११ मैदान उतार्ने सम्भावना रहेको छ । नामिबियाविरुद्धको बुधबारको खेलबाट नेपालले एक परिवर्तन गर्ने सम्भावना छ । आइतबारको खेलमा देव खनालको स्थानमा आरिफ शेखले मौका पाउने सम्भावना छ ।नेपालको सम्भावित प्लेईङ-११ यसप्रकारको हुनसक्छ :

नेपालका ओपनरमा कुशल भुर्तेल र आसिफ शेखले यस खेलमा पनि निरन्तरता पाउने सम्भावना रहेको छ । कुशलको आक्रामक सुरुआत र आसिफको सुझबुझपुर्ण ब्याटिङको अपेक्षा टोलीलाई रहनेछ । नामिबियाविरुद्धको खेलमा आशिफ दुवै ओपनरबाट सोचे अनुरुपको प्रदर्शन नभएकाले यस खेलमा राम्रो सुरुआतको अपेक्षा छ ।

तेस्रो नम्बरमा अनिल शाहले निरन्तरता पाउने सम्भावना छ । शाहको आक्रामक ब्याटिङको अपेक्षा गरिएको छ । सिरिजमा अपेक्षा अनुरुपको प्रदर्शन गर्न नसकेका शाहले आइतबारको खेलमा आफ्नो आक्रामक खेल देखाउने अपेक्षा छ । चौथो नम्बरमा भीम सार्कीले अवसर पाउने सम्भावना रहेको छ । भीमको क्रिजमा टिकेर रहने क्षमताको हरेक तर्फबाट तारिफ हुदै आएको छ ।

पाँचौ नम्बरमा कप्तान रोहितकुमार पौडेलले आफ्नो स्थान बनाउँन सक्नेछन् । नेपालको ओडिआई ईतिहासका सर्वाधिक सफल ब्याटर पौडेलबाट केही ओभर बलिङको समेत आवश्यकता देखिन्छ । सिरिजमा खास चल्न नसकेका पौडेलबाट आइतबारको खेलमा रन आउने अपेक्षा राख्न सकिन्छ ।

नेपालका लागि छैटौं नम्बरमा नेपालका नम्बर वान अलराउण्डर दीपेन्द्रसिंह ऐरीको सम्भावना रहेको छ । बुधबार भएको नामिबियाविरुद्धको खेल ऐरीको प्रदर्शन अपेक्षा अनुरुपको थिएन । आइतबारको खेलमा ब्याटिङ, बलिङ र फिल्डिङबाट टिमलाई ऐरीले भरपुर योगदान दिने अपेक्षा रहेको छ ।

सातौं नम्बरमा नेपाली ओडिआई क्रिकेटका खम्बा मानिने आरिफ शेखको सम्भावना रहेको छ । शेखले केही ओभर मिडियम पेस बलिङ समेत गर्न सक्छन् । शेखका धेरै महत्वपुर्ण ईनिङको सहयोगमा नेपाल हारबाट टाढा भएको छ । केही खेलबाट बेन्चमा राखेको नेपालले यस खेलमा भने उनलाई मौका दिने सम्भावना छ । आठौं नम्बरमा अलराउण्डर कुशल मल्ल रहने सम्भावना छ । लामो लामो हिटका लागि चिनिने मल्ल राम्रा फिनिसर समेत हुन् । केही ओभर स्पिन बलिङ गर्न सक्ने मल्लको क्षमता समेत रहेको छ ।

नवौं ननम्बरमा तिव्र गतिका अर्का बलर करण केसीले मौका पाउँने सम्भावना छ । पछिल्लो क्रमको ब्याटिङमा समेत केसीले योगदान दिनेछन् । दशौं नम्बरमा सोमपाल कामीले स्थान बनाउँने सम्भावना छ । तल्लो क्रममा रहेर राम्रो ब्याटिङको समेत क्षमता राख्ने कामीले फास्ट बलिङमा टोलीको नेतृत्व गर्ने छन् ।

नेपाली टोलीको एघारौं नम्बरमा देब्रे हाते स्पिनर ललितनारायण राजवंशी रहने सम्भावना रहेको छ । राजवंशीको राष्ट्रिय टोलीबाट यस अघि हुदै आएको प्रदर्शन हेर्दा उनी टोलीमा पर्ने सम्भावना रहेको छ ।

नेपालको सम्भावित प्लेईङ-११

आसिफ शेख(विकेटकिपर), कुशल भुर्तेल, अनिल शाह, भीम सार्की, रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]