कुशलको अर्धशतकमा नेदरल्यान्ड्सलाई १७३ रनको लक्ष्य

काठमाडौं । ओपनर कुशल भुर्तेलको अर्धशतकको सहयोगमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि १ सय ७३ रनको लक्ष्य दिएको छ ।

विश्वकप लिग टू सिरिज अन्तर्गत नेपालमा भएको त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा नेपाल १ सय ७२ रनमा अल आउट भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४९ दशमलब ३ ओभरमा १ सय ७२ रन बनाउँदै अल आउट भयो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ९३ बलमा ८ चौकाको सहयोगमा ६६ रनको अर्धशतकीय ईनिङ खेले । ओडिआई करियरको आठौं अर्धशतक भुर्तेलले ७७ बलमा ५ चौकाको सहयोगमा पूरा गरेका थिए । ३७ औं ओभरको तेस्रो बलमा भान डर मर्रेको बलमा कुशल आउट भए ।

भुर्तेलले १७ औं ओभरको चौथो बलमा आर्यान दत्तको बलमा म्याक्स ओ डाउडबाट जीवनदान पाएका थिए । क्याच मिस हुँदा भुर्तेल ४३ बलमा ३५ रनमा रहेका थिए । करण केसीले २७ बलमा २७ रन बनाए । केसी आउट भएसँगै नेपाल अल आउट भएकाे थियाे । आरिफ शेखले ५० बलमा २२ रन बनाए । ४९ औं ओभरको दोस्रो बलमा उनी भिभियन किंग्माको बलमा आउट भए ।

नामिबियाविरुद्ध अर्धशतक प्रहार गरेका आशिफ शेख पहिलो विकेटका रुपमा आउट भएका थिए । नवौं ओभरको तेस्रो बलमा भिभियन किंग्माको बलमा आउट भए । शेख व्यक्तिगत १७ रनमा आउट भएका थिए ।

दोस्रो विकेटका रुपमा अनिल शाह आउट भए । ७ रन बनाउँदै शाह भिभियन किंग्माको बलमा बोल्ड आउट भए । शाहले ११ बलको सामना गरेका थिए । तेस्रो विकेटका रुपमा कुशल मल्ल आर्यान दत्तको बलमा एलबीडब्लु आउट भए ।

चौथो विकेटका रुपमा २५ औं ओभरको तेस्रो बलमा कप्तान पौडेल आर्यान दत्तको बलमा आउट भए । पौडेलले ४० बलमा १६ रन बनाएका थिए । पाँचौ विकेटका रुपमा दीपेन्द्रसिंह ऐरी रन आउट भए । बास डि लिडेको बलमा कुशल भुर्तेलले प्रहार गरेको सट लिडेको खुट्टामा छुदै स्टममा लागेको थियो । ननस्ट्राईकमा रहेका ऐरी क्रिज बाहिर रहेकोले उनी रन आउट भए ।

छैटौं विकेटका रुपमा भीम सार्की ३० औं ओभरको तेस्रो बलमा आउट भए । आठौं विकेटका रुपमा गुलसन झा १७ बलमा ५ रन बनाए । ४३ औं ओभरको दोस्रो बलमा झा आर्यान दत्तको बलमा आउट भए । नवौं विकेटका लागि करण केसी र आरिफ शेखले ३६ रनको साझेदारी गरे ।

नेदरल्यान्ड्सका लागि आर्यान दत्त र भिभियन किंग्माले समान ३/३ तथा बास डि लिडेले २ विकेट लिए । भान डेर मर्रोले १ विकेट लिए । दत्तले शनिबार नेपालविरुद्ध ३ ओभरमा ४४ रन खर्चिएका थिए । सो खेल नेपालले ९ विकेटले जितेको थियो ।

नामिबियाविरुद्ध बुधबारको खेलमा खेलेका दुई जना खेलाडी बेन्चमा रहेका छन् । बुधबारको खेलमा खेलेका सोमपाल कामी र देव खनाल बेन्चमा रहँदा गुलसन झा र आरिफ शेखले मौका पाएका छन् ।

गत शनिबार सिरिजको खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो । नामिबियासँग भने दुवै खेलमा नेपाल पराजित भएको थियो । यस खेलमा जित निकाल्दै नेपाल त्रिकोणात्मक सिरिजलाई सुखद बनाउँन चाहन्छ ।

आठ राष्ट्रको सहभागीता रहने लिग टू सिरिजका शीर्ष चार टोलीले सिधै विश्वकप छनोट स्थान बनाउँने भएकोले यो खेल नेपालका लागि महत्वपुर्ण छ । नेदरल्यान्ड्सलाई गत साता मात्र पहिलो पटक नेपालले घरेलु मैदानमा पराजित गरेको थियो ।

घरेलु भुमीमा नेदरल्यान्ड्सविरुद्ध नेपाल लगातार दोस्रो जित निकाल्न चाहन्छ ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]