काठमाडौं । जेन निकोलको कीर्तिमानी शतक तथा उत्कृष्ट बलिङको सहयोगमा नामिबियाले नेपाललाई पराजित गरेको छ ।
टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नामिबिया २० रनले विजयी भयो ।
नामिबियाले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १८ दशमलब ५ ओभरमा १ सय ८६ रनमा अल आउट भयो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२ बलमा २ चौका र २ छक्काको सहयोगमा ४८ रनको ईनिङ खेले । कप्तान रोहितकुमार पौडेलले २४ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४२ रन बनाए । तेस्रो विकेटका रुप आउट भएका कप्तान पौडेल जेन निकोलको बलमा क्याच आउट भए । नेपालका कुशल भुर्तेल ईनिङको पहिलो बलमा नै आउट भएका थिए । करियरको ३० औं खेलमा पहिलो पटक डग आउट भएका भुर्तेल रुबेन ट्रम्पेलम्यानको बलमा आउट भए ।
दोस्रो विकेटका रुपमा अर्का ओपनर आशिफ शेख ६ रनमा आउट भए । छैटौं विकेटका रुपमा सन्दीप जोरा आउट भए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।
नामिबियाका लागि जेन निकोलले ३६ बलमा ११ चौका र ८ छक्काको सहयोगमा १ सय १ रनको शतकीय ईनिङ खेले । टी(ट्वान्टी आई करियरको पहिलो शतक ३३ बलमा पूरा गरे । उनले मंगोलियाविरुद्ध नेपालका कुशल मल्लले ३४ बलमा शतक पूरा गरेका थिए । कीर्तिमानी शतक बनाएका निकोल अभिनाश बोहोराको बलमा आउट भए ।
मलान क्रुगरले ४८ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५९ रनको अर्धशतकीय ईनिङ खेले । यसै खेलमा डेब्यु गरेका उनले ४४ बलमा अर्धशतक पूरा गरे । चौथो विकेटका लागि निकोल र क्रुगरले ५२ बलमा १ सय ३५ रनको साझेदारी गरे ।पहिलो विकेटका रुपमा माईकल भान लिङ्गेन करण केसीको बलमा गुलसन झाद्वारा क्याच भए । केसीको ८० औं विकेट छैटौं ओभरको अन्तिम बलमा पूरा भएको थियो ।
दोस्रो विकेटका रुपमा जेपी कोट्जे नेपाली कप्तान रोहितकुमार पौडेलको बलमा आउट भए । ९ बलमा ११ रन बनाउँदै कोट्जे विवेक यादवद्वारा क्याच आउट भए । नामिबियाको तेस्रो विकेट नेपाली कप्तान पौडेलको नाममा रह्यो । तेस्रो विकेटका रुपमा जेन फ्रायलिंक ५ रन बनाउँदै बोल्ड आउट भए ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २ तथा अभिनाश बोहोरा र करण केसीले समान १ विकेट लिए ।