पाँचपोखरी टी-ट्वान्टी प्रतियोगिता : कर्माको ह्याट्रिकमा पाँचपोखरीको सहज जित

काठमाडौं । छैटौँ संस्करणको पाँचपोखरी टी-ट्वान्टी जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको पाँचौं दिनको खेलमा पाँचपोखरी हिमालयन क्रिकेट क्लब र मेलम्ची नगरपालिका विजयी भएका छन् ।

पाँचपोखरी थाङ्गपाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघ र पाँचपोखरी क्रिकेट क्लबको प्राबिधिक सहयोगमा जारी जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको आज खेलमा पाँचपोखरी हिमालयन क्रिकेट क्लब र मेलम्ची नगरपालिका विजयी भएका छन् ।

बुधबार भएको पहिलो खेलमा पाँचपोखरी हिमालयन क्रिकेट क्लबले ह्याल्मो ११ माथि ८ विकेटको सहज जित हात पार्यो । टस जितेर बलिङ रोजेको साविक विजेता ह्योल्मो ११ ले १८ दशमलब ३ ओभरमा अल आउट हुदै १२२ रन बनाएको थियो । उसको लागि बिनोद तामाङले सर्वाधिक ४३ रन बनाएका थिए । पाँचपोखरी हिमालयन क्रिकेट क्लबका कर्मा तामाङले ४ ओभरमा १ मेडन ओभर गर्दै २१ रन खर्चिर्दै ह्याट्रिक सहित ५ विकेट लिएका थिए ।

१२३ रनको लक्ष्यसहित जवाफी व्याटिङ गरेको पाँचपोखरीले १७ दशमलब २ ओभरमा २ विकेटको क्षतिमा विजयी लक्ष्य भेट्टाएको थियो । खेलको प्लेयर अफ द म्याच कर्मा तामाङ घोषित भए ।

बुधबार नै भएको दोश्रो खेलमा द माइटी साँगाचोकलाई मेलम्ची नगरपालिकाले ५ विकेटले पराजित गर्यो । टस जितेर व्याटिङ रोजेको द माइटी साँगाचोकले १९ ओभरमा अल आउट हुदै ९९ रन बनाएको थियो । मेलम्ची नगरपालिकाले १०० रनको विजयी लक्ष्य पाएको थियो । मेलम्चीको लागि सोनु देवकोटा र रेन्जिन लामाले समान ३र३ विकेट हात पारेका थिए ।

जवाफी व्याटिङ गरेको मेलम्चीले १३ ओभरमा ५ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टाएको थियो । द माइटी साँगाचोकका लागि मनिष पराजुलिले २ विकेट लिएका थिए । खेलको प्लेयर अफ दि म्याच मेलम्चीका क्याप्टेन रेन्जिन लामा भए । उनले खेलमा ३ विकेट लिनुका साथै ४४ रनको महत्वपुर्ण इनिङस् खेलेका थिए । यो संगै मेलम्चीले लगातार दोश्रो जित दर्ता गरेको छ ।

पाँचपोखरी टी-ट्वान्टी जिल्लास्तरीय क्रिकेट प्रतियोगिता फागुन १९ गते शनिबार सम्म जारी रहनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार सहित ट्रफि र मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगितोको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उत्कृष्ट अलराउन्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । साथै, ग्रेट हिमालयन क्रिकेट एकेडेमीले सर्वोत्कृष्ट खेलाडीलाई एक वर्ष र उत्कृष्ट बलर एवं उत्कृष्ट ब्याटरलाई ६ महिना निःशुल्क क्रिकेट प्रशिक्षण प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]