लिभेन्टको शतकमा नामिबियालाई २४८ रनको लक्ष्य

काठमाडौं । ओपनर माईकल लिभेन्टको शतकमा नेदरल्यान्ड्सले नामिबियालाई २ सय ४८ रनको लक्ष्य दिएको छ ।

टियु मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४७ रन बनायो ।

नेदरल्यान्ड्सका लागि ओपनर माईकल लिभेन्टले ६२ बलमा ११ चौका र १० छक्काको सहयोगमा १ सय ३५ रनको शतकीय ईनिङ खेले । करियरको दोस्रो टी-ट्वान्टी आईमा उनले ४९ बलमा शतक पूरा गरे । शतक बनाएका लिभेन्ट १८ औं ओभरको दास्रो बलमा लफ्टि इटनबाट क्याच आउट भए ।

दोस्रो विकेटका लागि लिभेन्ट र साईब्रान्ड एन्गलब्रेटले ८७ बलमा १ सय ९३ रनको साझेदारी गरे । साईब्रान्डले ४० बलमा ७ चौका र ५ छक्काको सहयोगमा ७५ रनको अर्धशतकीय ईनिङ खेले । तेजा निदामानिरु ३ बलमा १८ रन बनाए ।

नामिबियाका लागि रुवेन ट्रम्पलम्यानले २ तथा बेन सिकान्गो र जाय फ्रयलिंकले समान १ विकेट लिए ।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]