क्यानडाको लगातार दोस्रो जित, स्कटल्यान्डलाई हरायो

२०८० फाल्गुन १८, शुक्रबार १९:२९

काठमाडौं । विश्वकप लिग टू को नव प्रवेशी क्यानडाले गत संस्करणको च्याम्पियन स्कटल्यान्डलाई पराजित गरेको छ ।

युएईमा जारी रहेको स्कटल्यान्ड, क्यानडा र घरेलु टोली रहेको त्रिकोणात्मक सिरिजमा क्यानडाले लगातार दोस्रो जित निकालेको हो ।

पहिलो खेलमा घरेलु टोलीलाई पराजित गरेको क्यानडाले शुक्रबार भएको दोस्रो खेलमा स्कटल्यान्डलाई ७ विकेटको फराकिलो अन्तरले हराएको छ ।

स्कटल्यान्डले दिएको २ सय १६ रनको लक्ष्य क्यानडाले ४० दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

आठ राष्ट्र सहभागी लिग टू मा क्यानडा २ खेलमा शतप्रतिशत जित सहित दोस्रो स्थानमा उक्लिएको छ । नामिबिया पहिलो, नेदरल्यान्ड्स तेस्रो र नेपाल चौथो स्थानमा छन् । युएई र स्कटल्यान्ड अंक बिहिन रहँदै तालिकाको पुछारमा छन् ।

नयाँ अंकतालिका

May be an image of text that says 'ICC MEN'S CWC LEAGUE2 NEPAL POS TEAMS STANDINGS 1 P w NAMIBIA L N/R 4 2 PTS 3 NRR CANADA 1 o 3 6 2 2 0.26 o NETHERLANDS o 4 4 4 2 0.65 NEPAL 2 o 5 4 4 1 UAE -0.16 3 o 6 1 2 o -0.11 1 SCOTLAND o 7 1 o OMAN -0.27 1 o 8 USA -1.13 ICC CWC LEAGUE 2 WICKETNEPAL.COM'

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy