नेपालले टस हार्यो, कुशल टिममा फर्किए

२०८० फाल्गुन १९, शनिबार ११:०६

काठमाडौं । नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले टस हारेको छ । काठमाडौंमा जारी नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय टी-ट्वान्टी आई सिरिजको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले टस हारेको हो ।

टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डले टस जितेर ब्याटिङ रोजे पछि नेपालले पहिले बलिङ गदैंछ ।

नेपाली टोलीमा एक परिवर्तन भएको छ । शुक्रबार भएको नामिबियाविरुद्धको खेलमा खेलेका अनिल शाहको स्थानमा कुशल भुर्तेल टिममा फर्किएका छन् ।

यसै सिरिजको पहिलो भेटमा नेदरल्यान्ड्सले नेपाललाई २ रनले हराएको थियो । तर, नामिबियालाई शुक्रबार मात्र ३ रनले हराएर जितका साथ पुनः नेदरल्यान्ड्सको सामना गर्दैछ ।

एक खेलमा जित हात पारेर फाइनल सम्भावना कायमै राखेको नेपाल नेदरल्यान्ड्सलाई फराकिलो अन्तरले पराजित गरि सम्भावना झनै बलियो बनाउँन चाहन्छ । सिरिजमा दुई खेल खेलेको नेदरल्यान्ड्स नेपाललाई हराउँदै शतप्रतिशत जितका साथ फाइनलमा स्थान पक्का गर्न चाहन्छ ।

नामिबिया र नेदरल्याण्ड्सबीचमा ३ मार्च अर्थात फागुन २० मा समूह चरणको अन्तिम खेल हुनेछ ।

समूह चरणका शीर्ष दुइ टोलीबीच ५ मार्च अर्थात फागुन २२ मा फाइनल खेल हुनेछ । खेलहरु नेपाली समयअनुसार बिहान साढे ११ मा सुरु हुनेछ ।

नेपालको प्लेईङ-११

रोहितकुमार पौडेल(कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, करण केसी, सोमपाल कामी, प्रतिश जिशी, आरिफ शेख र अभिनास बोहोरा ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy