हङकङ टी-ट्वान्टी सिरिज फागुन २७ बाट

२०८० फाल्गुन १९, शनिबार २०:०४

काठमाडौं । हङकङमा आयोजना हुने त्रिदेशीय टी-ट्वान्टी सिरिज फागुन २७ बाट सुरु हुने भएको छ ।

हङकङ क्रिकेटले शनिबार सिरिजको खेलतालिका प्रकाशीत गरेको हो ।

सिरिजमा नेपाल, पपुवा न्यूगिनी र घरेलु टोलीको सहभागीता रहनेछ । सिरिजमा नेपालको पहिलो खेल फागुन २७ अर्थात मार्च १० मा घरेलु टोलीसँग रहेको छ । दोस्रो खेलमा पिएनजीसँग फागुन २९ अर्थात मार्च १२ मा खेल्नेछ ।

समूह चरणका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । मार्च १३ अर्थात फागुन ३० मा सिरिजको फाइनल खेल हुनेछ । फाइनलमा स्थान बनाउँन नसकेको टोलीले तेस्रो स्थानको लागि हङकङ ए सँग खेल्नेछ । मार्च १३ अर्थात फागुन ३० मा तेस्रो स्थानको लागि खेल हुनेछ ।

त्यसअघि फागुन २६ मा नेपालले हङकङविरुद्ध नै फ्रेन्डसिप कप खेल्ने छ । सिरिजकाे लागि नेपाली टाेलीकाे घाेषणा भने भएकाे छैन ।

नेपालले एसीसी प्रिमियर कप तथा विश्वकप तयारीका लागि सिरिजमा सहभागीता जनाउदै छ । नेपाल र पीएनजीले यस वर्ष अमेरिका र वेस्ट इण्डिजमा हुने विश्वकपमा सहभागीता जनाउदै छन् । हङकङले भने नेपालसँगै एसीसी प्रिमियर कप खेल्दैछ ।

खेलतालिका 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy