नेदरल्यान्ड्स र नेपाल फाइनलमा भिड्दै, यस्तो छ ईतिहास

काठमाडौं । काठमाडौंमा जारी नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजको फाइनल खेलमा घरेलु टोली र नेदरल्यान्ड्सले मंगलबार उपाधीका लागि खेल्दैछन् ।

फाइनल खेल टियु क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ११ मा सुरु हुनेछ । समूह चरणमा दुई खेल जितेर नेपालले फइनलमा स्थान बनाउँदा नेदरल्यान्ड्सले दुई नै खेल जित्दा एक खेलमा अंक बाडेको थियो । नेपाल र नेदरल्यान्ड्सले समूह चरणमा दुई खेल खेलेकामा १ मा नेपाल र १ मा नेदरल्यान्ड्स विजयी भएको थियो ।

टी-ट्वान्टी आईको ईतिहासमा यि दुईबीच ११ खेल भएकोमा ५/५ खेलमा दुवै टोली विजयी हुँदा १ खेल वर्षाका कारण रद्द भएको छ । चार खेलको दुईदेशिय सिरिजमा २०१५ मा नेपाल र नेदरल्यान्ड्सको खेलेकामा नेपालले ३-१ ले सो सिरिज गुमाएको थियो ।

२०१८ मा मेरिलिबोन क्रिकेट क्लब, नेदरल्यान्ड्स र नेपालबीच भएको त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्यान्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको थियो । २०१९ मा ओमानमा भएको पेन्टागुलर सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई ४ विकेटले पराजित गरेको थियो । नेपाल, मलेसिया र नेदरल्यान्ड्स रहेको २०२१ को सिरिजको समूह चरण एक अर्कासँग नेपाल र नेदरल्यान्ड्सले १/१ खेल जितेकामा फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ४२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]