काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टी-ट्वान्टी आईको वरियतामा छलाङ मारेका छन् ।
रोहितले वरियतामा ३६ स्थान सुधार गरेर ५४ औं स्थानमा उक्लिएका छन् । नेपाल, नामिबिया र नेदरल्यान्ड्स रहेको त्रिदेशीय टी-ट्वान्टी सिरिजमा पौडेलको ब्याटिङ प्रदर्शन उच्च रहेको थियो ।
यस सिरिजमा पौडेलले १ अर्धशतक सहित १ सय ७३ रन बनाएका थिए । उक्त सिरिजमा १ सय ३२ रन बनाएका दीपेन्द्रसिंह ऐरी ३१ स्थान माथि उक्लदै ७१ औं स्थानमा रहेका छन् ।
