आकाशलाई डेब्यु ओभरमा नै विकेट

२०८० फाल्गुन २६, शनिबार ११:४१

काठमाडौं । तीव्रगतिका बलर आकाश चन्दले डेब्यु ओभरमा नै विकेट लिन सफल भएका छन् ।

चन्दले २१ बलमा ३१ रन बनाएर खेलिरहेका मार्टिन कोट्जेलाई आउट गराएका हुन् ।

नेपालका तीव्र गतिका बलर आकाश चन्दले यस खेलबाट टी-ट्वान्टी आईमा डेब्यु गरेका हुन् ।

आकाश नेपालबाट टी-ट्वान्टी आई खेल्ने ४६ औं खेलाडी हुन् ।

यसअघि तेस्रो ओभरको दोस्रो बलमा आरिफ शेखले कप्तान निजाकत खानलाई आउट गराएका थिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy