पारसको टोलीले विनोदको टोलीलाई हरायो

२०८० फाल्गुन २८, सोमबार १७:४३

काठमाडौं । २०१४ विश्वकप लिजेन्ड्सले नवनिर्मित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएकाे तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप टी–१० क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ ।

तिलोत्तमामा रहेको एक्स्ट्राटेक ओभलमा भएको खेलमा रेस्ट अफ नेपाललाई १७ रनले हराउँदै पारस खड्काको कप्तानीमा रहेको २०१४ विश्वकप लिजेन्ड्स टिम विजयी भएको हो ।

२०१४ विश्वकप लिजेन्ड्सले दिएको १ सय २ रनको लक्ष्य पछ्याएको रेस्ट अफ नेपालले निर्धारित १० ओभरमा ९ विकेट गुमाएर ८४ रन मात्र बनायो ।

रेस्ट अफ नेपालका लागि युनिल श्रेष्ठले १२ बलमा १८ तथा लाक्पा लामाले १० बलमा २० रन बनाए । सिता रानामगरले १४ बलमा १२ रन बनाउँनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

२०१४ विश्वकप लिजेन्ड्सका लागि सामसगं थापाले ४ विकेट लिए । बद्री पंगेनी र शक्ति गौचनले समान २/२ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको २०१४ विश्वकप लिजेन्ड्स टोलीले निर्धारित १० ओभरमा ७ विकेट गुमाएर १ सय रन बनाएको थियो ।

२०१४ विश्वकप लिजेन्ड्स टोलीका लागि कप्तान पारस खड्काले १२ बलमा ३९ तथा विरेन्द्र शाहले १८ बलमा २९ रन बनाए । प्रफुल्ल वैधले १८ बलमा १३ रन बनाए ।

रेस्ट अफ नेपालका लागि लाक्पा लामाले ४ विकेट लिएका थिए ।

२०१४ विश्वकप लिजेन्ड्स टोलीले १९९६ लिजेन्ड्सलाई ५ विकेटले हराउदै फाइनलमा स्थान बनाएको थियो । रेस्ट अफ नेपालले भने रुपन्देही लिजेन्ड्सलाई १६ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy