नेपालले टस हार्यो, टोलीमा एक परिवर्तन

२०८० फाल्गुन २९, मंगलवार ०६:२८

काठमाडौं । नेपालले पपुवा न्युगिनी(पीएनजी)विरुद्ध त्रिदेशीय टी-ट्वान्टी सिरिजको समूह चरणको अन्तिम खेलमा टस हारेको छ ।

हङकङको मिसन रोड ग्राउन्डमा पीएनजीका कप्तान असद भालाले टस जितेर बलिङ रोजेका छन्। पीएनजीले बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्दै छ । त्रिदेशीय टी-ट्वान्टी सिरिजमा पपवा न्युगिनी, हङकङ र नेपाल रहेका छन् । आइतबार हङकङविरुद्ध खेलेको टिममा नेपालले एक परिवर्तन गरेको छ ।

आईतबारको खेलमा रहेका अभिनास बोहोरालाई यस खेलमा आराम दिईएको छ । आकाश चन्दले टिममा मौका पाएका छन् ।

नेपालले एसीसी प्रिमियर कप तथा विश्वकप तयारीका लागि सिरिजमा सहभागीता जनाउदै छ । नेपाल र पीएनजीले यस वर्ष अमेरिका र वेस्ट इण्डिजमा हुने विश्वकपमा सहभागीता जनाउदै छन् । हङकङले भने नेपालसँगै एसीसी प्रिमियर कप खेल्दैछ ।

नेपालको प्लेईङ-११

कुशल भुर्तेल, विनोद भन्डारी(विकेटकिपर), रोहितकुमार पौडेल(कप्तान), गुलसन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, लोकेश बम, प्रतिश जिसी, करण केसी, आकाश चन्द ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy