आकाशले दिलाए तेस्रो सफलता

२०८० फाल्गुन ३०, बुधबार १२:०८

काठमाडौं । पपुवा न्युगिनी(पीएनजी)विरुद्ध त्रिदेशीय टी-ट्वान्टी सिरिजको फाइनल खेलमा आकाश चन्दले नेपाललाई तेस्रो सफलता दिलाएका छन् ।

आकाशले पीएनजीका लिगा सियकालाई आउट गराएका हुन् । क्रिजमा अहिले टोनी उरा र हिरी हिरी रहेका छन् । यो खेलमा उनको यो दोस्रो विकेट हो ।

दोस्रो ओभरको चौथो बलमा आकाशले पीएनजीका कप्तान असद भालालाई आउट गराएका थिए । यस अघि पहिलो ओभरको दोस्रो बलमा करण केसीले ओपनर सेसे बाउलाई आउट गराएका थिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy