पीएनजीलाई चौथो झट्का, गुलसनले दिलाए सफलता

२०८० फाल्गुन ३०, बुधबार १२:२१

काठमाडौं । पपुवा न्युगिनी(पीएनजी)विरुद्ध त्रिदेशीय टी-ट्वान्टी सिरिजको फाइनल खेलमा गुलसन झाले नेपाललाई चौथो सफलता दिलाएका छन् ।

झाले हिरी हिरीलाई १५ रनमा आउट गराएका छन् । यस अघि पहिलो ओभरको दोस्रो बलमा करण केसीले ओपनर सेसे बाउलाई आउट गराएका थिए ।

आकाशले पीएनजीका लिगा सियकालाई तेस्रो विकेटका रुपमा आउट गराएका थिए । दोस्रो विकेटका रुपमा आकाशले नै दोस्रो ओभरको चौथो बलमा पीएनजीका कप्तान असद भालालाई आउट गराएका थिए । क्रिजमा अहिले टोनी उरा र हिला भारी रहेका छन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy