कैलाली प्रीमियर लिग आजबाट शुरु, उद्घाटन खेलमा शुक्लाफाँटा विजयी

धनगढी । जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा आजबाट धनगढीको फाप्ला मैदानमा अन्तरपालिका कैलाली प्रीमियर लिग टीट्वान्टी प्रतियोगिता शुरु भएको छ ।

सोमबार एक औपचारिक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवाले प्रतियोगिताको उद्घाटन गरेका हुन । उनले नेपाली कृकेटको आफू असाध्यै ठूलो प्रशंसक भएकोले सरकारमा हुँदा वा नहुँदा आफुले खेल पुर्वाधार र खेलाडीहरुका लागि काम गर्ने बताए । फाप्ला मैदान निर्माणमा ढिलाई भैरहेको बारे मन्त्री देउवाले क्रिकेट बुझेको व्यक्ति फाप्ला खेलग्राम विकास समितिको अध्यक्ष रहेको भन्दै यसले छिट्टै गति लिने बताए । उनले डिपिआरको काम तीब्र गतिमा अघि बढिरहेको भन्दै नेपालमा हुन लागेको लगानी सम्मेलनमा फाप्ला बारे अन्तर्राष्ट्रिय कम्पनीहरुलाई आग्रह लगानीका लागि आग्रह गरिने बताए ।

जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष बिक्रम बिस्टको सभापतीत्वमा सम्पन्न भएको थियो

उद्घाटन खेलमा शुक्फाफाँटा विजयी

कैलाली प्रीमियर लिगमा शुक्लाफाँटाले विजयी शुरुवात गरेको छ । जिल्ला कृकेट संघ कैलालीको आयोजनामा आजबाट फाप्ला खेल मैदानमा शुरु भएको कैलाली प्रीमियर लिगमा शुक्लाफाँटा नगरपालिकाले पर्शुराम नगरपालिकालाई ३५ रनले पराजित गर्दै प्रतियोगितामा सुखद शुरूवात गरेको हो । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको शुक्लाफाँटाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८१ रन बनायो । शुक्लाफाँटाका लागि रोशन साउँद र लोकेश जोशिले आक्रामक अर्धशतकिय पारी खेले । रोशन साउँदले ५४ बलमा १० चौका र १ छक्काको मद्दतले ७७ रनको अविजित पारी खेले भने लोकेश जोशी ५० बलमा ९ चौकाको मद्दले ६९ रन बनाएर रन आउट भए । विशाल ऐरले १५ र निराजन गौतमले १६ रनको अविजित पारी खेले । पर्शुराम नगरपालिकाका लागि मान साउँदले १ विकेट लिनु बाहेक अन्यले विकेट लिन सकेनन ।

१८२ रनको विशाल लक्ष्य सहित ब्याटिङका लागि मैदानमा उत्रीएको पर्शुराम नगरपालिकाको टिमले १९।५ ओभरमा अलआउट हुँदै १४६ रन मात्र बनाउन सक्यो । पर्शुरामका लागि ५२ रनको आक्रामक अर्धशतकिय पारी खेलेपनी जितका लागि पर्याप्त भएन । साउँदले २५ बलमा १ चौका र ५ छक्काको मद्दतले ५२ रन बनाए । अर्जुन बिक, राज बिक र किरन धामीले क्रमशः ११, ३०, २४ रनको पारी खेले भने अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् ।
शुक्लाफाँटाका लागि कैलाश ऐरले ३,भरत चन्द र प्रबिन खनालले २/२ तथा सुशील रावलले १ विकेट लिए । खेलमा उत्कृष्ट अर्धशतक प्रहार गरेका शुक्लाफाँटाका रोशन साउँंद म्यान अफ दि म्याच चुनिए ।

चैत्र १७ गतेसम्म चल्ने प्रतियोगितामा सुदूरपश्चिम भरीका ११ पालिका सहभागी छन् । प्रतियोगिताको विजेता टिमले नगद २ लाख ट्रफी,प्रमाणपत्र ,उपविजेता टिमले नगद १ लाख ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने विधागत रूपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुले पनि आकर्षक पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।





थप समाचार

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]