काठमाडौ । सन्दीप वारियर्सले इन्डियन प्रिमियर लिग(आइपीएल) खेल्ने भएका छन् ।
शुक्रबारबाट सुरु हुने यस संस्करणको आईपीएलमा गुजरात टाइटन्सले घाईते मोहम्मद सामीको स्थानमा सन्दीपलाई अनुबन्ध गरेको हो ।
सामीले चोटका कारण पूरा सिजन गुमाउने भएका हुन । हार्दिक पान्ड्या मुम्बई इन्डियन्समा अनुबन्ध भएपछि शुभमन गिलले टोलीको कप्तानी गर्दै छन् ।
गुजरातले आईतबार मुम्बई ईन्डियन्ससॅंग खेल्दै सिजनको सुरुआत गर्दैछ ।
