काठमाडौं । तीव्रगतिका बलर मुस्ताफिजुर रहमानको उत्कृष्ट बलिङको सहयोगमा रोयल च्यालेन्जर्स बेंगलुरुले चेन्नई सुपर किंग्सलाई १ सय ७४ रनको लक्ष्य दिएको छ ।
आजबाट सुरु ईन्डियन प्रिमियर लिग(आईपिएल)को उद्घाटन खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली बेंगलुरुले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रन बनायो ।
बेंगलुरुका लागि अनुज रावतले २५ बलमा ४ चौका र ३ छक्काको सहयोगमा महत्वपुर्ण ४८ रनको ईनिङ खेले । छैटौं विकेटका लागि मिलेर रावत र दिनेश कार्तिकले ५० बलमा ९५ रनको साझेदारी गरे । कार्तिकले २६ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३८ रन बनाए ।
कप्तान फाफ डु प्लेसिसले २३ बलमा ८ चौकाको सहयोगमा ३५ रन बनाए । प्लेसिस र विराट कोहलीले पहिलो विकेटका लागि २७ बलमा ४१ रनको साझेदारी गरेका थिए । कोहलीले २० बलमा २१ रन बनाए । त्यसपछि निरन्तर विकेट गुमाउँदा बेंगलुरु ठुलो योगफलसम्म पुग्न सकेन ।
घरेलु टोलीका लागि रहमानले ४ ओभरमा २९ रन दिएर ४ विकेट लिए ।