बेंगलुरुलाई स्तब्ध बनाउँदै चेन्नईको विजयी सुरुआत

काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुलाई स्तब्ध बनाउँदै चेन्नई सुपर किंग्स यस संस्करणको ईन्डियन प्रिमियर लिग(आईपिएल) मा विजयी सुरुआत गरेको छ ।

आजबाट सुरु आईपीएलको उद्घाटन खेलमा बेंगलोर चेन्नईसँग ६ विकेटले पराजित भयो ।

चेन्नईको घरेलु मैदान एमए चिदम्बरममा भएको खेलमा बेंगलुरुले दिएको १ सय ७४ रनको लक्ष्य घरेलु टोलीले १८ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

चेन्नईका लागि शिभम दुवेले २८ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३४ रनमा अविजित रहे । ओपनर रचिन रविन्द्रले १५ बलमा ३ चौका तथा ३ छक्काको सहयोगमा ३७ रन बनाए । रविन्द्र जडेजाले अविजित २५ रन बनाउँदा अजिङ्का राहाणेले १९ बलमा २ छक्काको सहयोगमा २७ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली बेंगलुरुले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो ।

बेंगलुरुका लागि अनुज रावतले २५ बलमा ४ चौका र ३ छक्काको सहयोगमा महत्वपुर्ण ४८ रनको ईनिङ खेले । छैटौं विकेटका लागि मिलेर रावत र दिनेश कार्तिकले ५० बलमा ९५ रनको साझेदारी गरे । कार्तिकले २६ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३८ रन बनाए ।

कप्तान फाफ डु प्लेसिसले २३ बलमा ८ चौकाको सहयोगमा ३५ रन बनाए । प्लेसिस र विराट कोहलीले पहिलो विकेटका लागि २७ बलमा ४१ रनको साझेदारी गरेका थिए । कोहलीले २० बलमा २१ रन बनाए । त्यसपछि निरन्तर विकेट गुमाउँदा बेंगलुरु ठुलो योगफलसम्म पुग्न सकेन ।

घरेलु टोलीका लागि मुस्ताफिजुर रहमानले ४ ओभरमा २९ रन दिएर ४ विकेट लिए ।

पहिलो खेलमा जितका साथ डिफेन्डिङ च्याम्पियन चेन्नई शिर्ष स्थानमा छ ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]