काठमाडौं । १७ औं संस्करणको ईण्डियन प्रिमियर लिग(आईपीएल)को आफ्नो पहिलो खेलमा कोलकाता नाईटराईडर्सले सनराईजर्स हैदराबादलाई जितका लागि २ सय ९ रनको लक्ष्य दिएको छ ।
कोलकाताको घरेलु मैदान ईडन ग्राडेनमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ८ रन बनायो ।
कोलकाताका लागि आन्द्रे रसेलले २५ बलमा ३ चौका र ७ छक्काको सहयोगमा अविजित ६४ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर फिलिप साल्टले ४० बलमा ३ चौका र ३ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेले ।
अर्का ओपनर सुनिल नारेनले २ रन बनाउँदा कप्तान श्रेयस अय्यरले खाता खोल्न सकेनन् । ४ विकेटको क्षतिमा ५१ रन मात्र जोडेको अवस्थामा साल्ट र रमनदिप सिंहले ५४ रनको साझेदारी गर्दा टोली राम्रो अवस्थामा पुग्यो ।
सिंहले १७ बलमा १७ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३५ रन बनाए । १३ दशमलब ४ ओभरमा ६ विकेट गुमाएर १ सय १९ रन बनाएको अवस्थाबाट आन्द्रे रसेल र रिंकु सिंहले ८१ रनको साझेदारी गरेसँगै टोली बलियो योगफलसम्म पुग्न सफल भए । सिंहले १५ बलमा ३ चौकाको सहयोगमा २३ रन बनाए ।
मिचेल स्टार्क ३ बलमा ६ रन बनाउँदै अविजित रहे । कोलकाताले पछिल्लो ५ ओभरमा ८५ रन बनायो ।
हैदराबादका लागि टी नटराजनले ३ तथा मंयक मारकण्डेले २ विकेट लिए । आजै भएको पहिलो खेलमा पन्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो ।