हैदराबादमाथि कोलकाताको रोमान्चक जित

काठमाडौं । १७ औं संस्करणको ईण्डियन प्रिमियर लिग(आईपीएल)को आफ्नो पहिलो खेलमा सनराईजर्स हैदराबादमाथि कोलकाता नाईटराईडर्सले रोमान्चक जित हात पारेको छ ।

कोलकाताको घरेलु मैदान ईडन गाड्रेन कोलकाताले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ४ रन मात्र बनाउँन सक्यो ।

हैदराबादका लागि हेरिक क्लेसनले २९ बलमा ८ छक्काको सहयोगमा ६३ रन बनाए । ओपनरद्वय मंयक अग्रवाल र अभिषेक शर्माले समान ३२ रन बनाए । राहुल त्रिपाटीले २० बलमा २० रन बनाए । अब्दुल समादले ११ बलमा १ चौका र १ छक्काको १५ रन बनाए । शाहबाज अहमदले ५ बलमा १ चौका र २ छक्काको सहयोगमा १६ रन बनाए ।

कोलकाताका लागि हर्षित रानाले ३ तथा आन्द्रे रसेलले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो ।

कोलकाताका लागि आन्द्रे रसेलले २५ बलमा ३ चौका र ७ छक्काको सहयोगमा अविजित ६४ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर फिलिप साल्टले ४० बलमा ३ चौका र ३ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेले ।

अर्का ओपनर सुनिल नारेनले २ रन बनाउँदा कप्तान श्रेयस अय्यरले खाता खोल्न सकेनन् । ४ विकेटको क्षतिमा ५१ रन मात्र जोडेको अवस्थामा साल्ट र रमनदिप सिंहले ५४ रनको साझेदारी गर्दा टोली राम्रो अवस्थामा पुग्यो ।

सिंहले १७ बलमा १७ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३५ रन बनाए । १३ दशमलब ४ ओभरमा ६ विकेट गुमाएर १ सय १९ रन बनाएको अवस्थाबाट आन्द्रे रसेल र रिंकु सिंहले ८१ रनको साझेदारी गरेसँगै टोली बलियो योगफलसम्म पुग्न सफल भए । सिंहले १५ बलमा ३ चौकाको सहयोगमा २३ रन बनाए ।

मिचेल स्टार्क ३ बलमा ६ रन बनाउँदै अविजित रहे । कोलकाताले पछिल्लो ५ ओभरमा ८५ रन बनायो ।

हैदराबादका लागि टी नटराजनले ३ तथा मंयक मारकण्डेले २ विकेट लिए । आजै भएको पहिलो खेलमा पन्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]