आईपीएल : आज पनि दुई खेल हुदै

२०८० चैत्र ११, आईतवार १०:४०

काठमाडौँ । १७ औं संस्करणको ईण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।

आज पहिलो खेल ३:४५ बजेदेखि राजस्थान रोयल्स र लखनउ सुपर जाइन्ट्सबीच हुदै छ । यो खेल राजस्थानको घरेलु मैदान सवाईमानसिंह क्रिकेट स्टेडियम जयपुरमा हुदैछ ।

राजस्थान सन्जु सामसनको कप्तानीमा खेल्दै छ। राजस्थान रोयल्स आइपिएलको पहिलो सिजनको विजेता हो भने २०२२ को उपविजेता टिम हो।

राजस्थानमा कप्तान सामसनका अलावा रविचन्द्रन आश्विन, युजभेन्द्र चहल, यशस्वी जैसवाल जस्ता भारतीय खेलाडी यस सिजनमा छन् । जोस बटलर, शिमरोन हेटमायर, ट्रेन्ट बोल्ट जस्ता महत्वपुर्ण खेलाडी पनि रहेका छन् ।

त्यसै गरि यसअघि दुई सिजन खेलेको लखनउ सुपर जाइन्ट दुवै सिजनमा प्लेअफसम्म पुगेको थियो। लखनउ केएल राहुलको कप्तानीमा खेलिरहेको छ।

यस्तै दोस्रो खेलमा साँझ ७:४५ बजेदेखि गुजरात टाइटन्स र मुम्बई इण्डियन्सबीच हुँदै छ। यस खेलमा प्रमुख आकर्षण हाल मुम्बईका कप्तान हार्दिक पाण्ड्या हुने छन्। हार्दिकले गुजरात छोडेर मुम्बईको कप्तानी गर्दै पहिलो खेल खेल्दै छन्।

मुम्बई इण्डियन्स धेरै जसो भारतीय खेलाडीमै भरपर्दै आएको छ। यस अघि पाँच पटक उपाधि जितेको मुम्बई २०१० मा उपविजेता बनेको थियो।

मुम्बई इण्डियन्समा कप्तान हार्दिक पाण्डेय, रोहित शर्मा, इशान किसन, जसप्रित बुमराह, तिलक बर्मा लगायतका भारतीय खेलाडीको भूमिका प्रमुख हुने देखिन्छ।

हार्दिक पाण्ड्याले गुजरात छोडेपछि शुभमन गिल कप्तान बनेका छन्। गिलको कप्तानीमा यो पहिलो खेल हुने छ । गुजरातले खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेर बलियो टिमको उदाहरण दिएको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy