लखनउलाई हराउँदै राजस्थानको विजयी सुरुआत

काठमाडौं । राजस्थान रोयल्स लखनउ सुपर जायन्टस्लाई हराउँदै १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आईपीएल) मा विजयी सुरुआत गरेको छ ।

घरेलु मैदान सवाईमासिंह क्रिकेट स्टेडियममा सिजनको पहिलो खेल जित्ने क्रममा राजस्थान २० रनले विजयी भयो ।

राजस्थानले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रन मात्र बनायो ।

लखनउका लागि केएल राहुल र निकोलस पुरनले अर्धशतकीय ईनिङ खेले । ओपनर तथा कप्तान राहुलले ४४ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५८ रन बनाए । पुरनले ४१ बलमा ४ चौका र ४ छक्काको सहयोगमा अविजित ६४ रन बनाए । दिपक होडाले १३ बलमा २ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए ।

राजस्थानका लागि ट्रेन्ट बोल्डले २ तथा नान्द्रे बर्गर, रविचन्द्रन आश्विन, सन्दीप शर्मा र युजभेन्द्र चहलले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।

राजस्थानका लागि कप्तान सन्जु सामसनले ५२ बलमा ३ चौका र ६ छक्काको सहयोगमा अविजित ८२ रनको अर्धशतकीय ईनिङ खेले । सामसनले तेस्रो विकेटका लागि रियान परागसँग मिलेर ९३ रनको साझेदारी गरेका थिए । सोही साझेदारीले नै टोलीलाई सम्मानजनक योगफलसम्म पुग्न सहयोग गर्यो । परागले २९ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४३ रन बनाए ।

ओपनर यशस्वी जयसवाले १२ बलमा ३ चौका र १ छक्काको सहयोगमा २४ रन बनाए । अर्का ओपनर जोस बटलरले ९ बलमा ११ रन मात्र जोड्न सके । शिमरन हिटमायरले ५ रन मात्र बनाए । धुव्र जुरेलले १२ बलमा अविजित २० रन बनाए ।

लखनउका लागि नभिन उल हकले २ तथा रवि विश्नोइ र मोहसिन खानले समान १ विकेट लिए ।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]