पन्जाबमाथि बेंगलुरुको जित

काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आईपीएल)मा पन्जाब किंग्समाथि रोयल च्यालेन्जर्स बेंगलुरुले जित निकालेको छ ।

घरेलु मैदान एम चेन्नास्वामीमा यस सिजनको पहिलो जित निकाल्नेक्रममा बेंगलुरुले पन्जाबलाई ४ विकेटले पराजित गर्यो ।

पन्जाबले दिएको १ सय ७७ रनको लक्ष्य बेंगलुरुले १९ दशमलब २ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

बेंगलुरुका लागि विराट कोहलीले ४९ बलमा ११ चौका र २ छक्काको सहयोगमा ७७ रन बनाए । दिनेश कार्तिकले १० बलमा ३ चौका र २ छक्काको सहयोगमा अविजित २८ रन बनाए । महिपाल लुमरोरले ८ बलमा २ चौका र १ छक्काको सहयोगमा अविजित १७ रन बनाए ।

अनुज रावतले १४ बलमा ११ रन बनाए । रजत पाटीदारले १८ बलमा १ चौका र १ छक्काको सहयोगमा १८ रन बनाए ।

कप्तान फाफ डु प्लेसिस, ग्लेन म्याक्सवेल र क्यामरुन ग्रीनले समान ३ रन मात्र बनाए ।

पन्जाबका लागि हरप्रित ब्रार र काकिसो रबाडाले समान २२ तथा हर्षल पटेल र साम करनले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।

पन्जाबका लागि कप्तान शिखर धवनले ३७ बलमा ५ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४५ रन बनाए । प्रभसिमरन सिंहले १७ बलमा २ चौका र २ छक्काको सहयोगमा २५ रन बनाए ।

जितेश शर्माले २० बलमा १ चौका र २ छक्काको सहयोगमा २७ रन बनाए । शंशाक सिंहले ८ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित २१ रन बनाए । साम करनले १७ बलमा ३ चौकाको सहयोगमा २३ रन बनाए ।

बेंगलुरुका लागि ग्लेन म्याक्सबेल र मोहम्मद सिराजले समान २/२ तथा अल्जारी जोसेप र यस दयालले समान १ विकेट लिए ।

दोस्रो खेलमा पहिलो जित निकालेको बेंगलुरु अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ । दोस्रो खेलमा एक जितका साथ पन्जाब पाँचौ स्थानमा छ ।





थप समाचार

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]

क्यानडाद्वारा पहिलो पटक नेपाल पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल  १०३ रनको फराकिलो अन्तरले पराजित भएको छ […]

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]