एसिया कप : नेपालले भारत र पाकिस्तानसॅंग खेल्ने

२०८० चैत्र १३, मंगलवार १७:५५

काठमाडौँ । महिला एसिया कप २०२४ मा भारत र पाकिस्तानसॅंग एकै समूहमा परेको छ।

एसियाली क्रिकेट काउन्सील (एसिसि)ले मंगलबार जारी गरेको खेल तालिका अनुसार नेपाल समूह ए मा नेपाल, भारत, पाकिस्तान र यूएई रहेको छ।

यस्तै समूह बी मा श्रीलंक, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन्।

प्रतियोगिता जुलाई १९ देखि २८ सम्म श्रीलंकामा आयोजना हुँदैछ।

नेपालले आफ्नो पहिलो खेल १९ जुलाईमा पाकिस्तानसँग खेल्नेछ। यस्तै दोस्रो खेल २१ जुलाईमा यूएई र अन्तिम खेल २३ जुलाईमा भारतविरुद्ध खेल्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy