गुजरातलाई हराउँदै चेन्नई शिर्ष स्थानमा

काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल)को सातौं खेलमा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले गुजरात जाईन्ट्सलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदान एम ए चितम्बरम क्रिकेट स्टेडियममा चेन्नई ६३ रनले विजयी भयो ।

चेन्नईले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १सय ४३ रन मात्र बनाउँन सक्यो ।

गुजरातका लागि साई सुदर्शनले ३१ बलमा ३ चौकाको सहयोगमा सर्वाधिक ३७ रन बनाए । ओपनर रिद्धिमान शाह र डेबिड मिलरले समान २१/२१ रन बनाए । विजय शंकरले १२ बलमा १२ तथा अजमतुल्लाह उमरजाईले १० बलमा ११ रन बनाए ।

चेन्नईका लागि मुस्ताफिजुर रहमान, दिपक चहर र तुसारदेश पान्डेले समान २/२ तथा ड्यारियल मिचेल, मथिशा पथिरानाले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।

चेन्नईका लागि शिभम दुवेले २३ बलमा २ चौका र ५ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । ओपनरद्वय रचिन रविन्द्र र कप्तान ऋतुराज गायकवाडले समान ४६/४६ रन बनाए । रविन्द्रले २० बलमा ६ चौका र २ छक्का प्रहार गरे । कप्तान गायकवाडले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

चेन्नईका लागि पहिलो विकेटका लागि ३२ बलमा ६२ रनको सानदार साझेदारी सहित राम्रो सुरुआत भएको थियो । तेस्रो नम्बरमा ब्याटिङमा आएका अजिङ्का राहाणेले १२ बलमा १२ रन बनाए । ड्यारियल मिचेलले २० बलमा २ चौकाको सहयोगमा अविजित २४ रन बनाए । समिर रिज्भिले ६ बलमा २ छक्काको सहयोगमा १४ रन बनाए । रविन्द्र जडेजा ७ रनमा अविजित रहे ।

गुजरातका लागि राशिद खानले २ तथा मोहित शर्मा, स्पेन्सर जोनसन र साई किशोरले समान १/१ विकेट लिए ।

लगातार दुई खेलमा विजयी चेन्नई ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । पराजित गुजरात २ अंकका साथ छैटौं स्थानमा झरेको छ ।





थप समाचार

नेपालसँग खेल्ने श्रीलंकाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा नेपाल रहेको समूहमा रहेको श्रीलंकाले आफ्नो […]

डेब्यु बलमा आएको त्यो विकेट …

काठमाडौं । २०१४ मार्च १६ बंगलादेशमा रहेको जाहुर चौधरी क्रिकेट स्टेडियममा नेपालले पाँचौ संस्करणको टी-२० विश्वकपको पहिलो दिनमा नै आफ्नो […]

कर्माचार्यको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं । आगामी शनिबारबाट सुरु हुने ललितपुर मेयर्स कपका लागि बागमती प्रदेशले आफ्नो टोली घोषणा गरेको छ । बुधबार बागमती […]

‘आफुमाथी भैरहेको नियोजित षड्यन्त्रकारीलाई चाडै कानुनी दायरामा ल्याउनेछु’ पारस

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले आफुमाथि पछिल्लो समयमा सामाजिक संजालबाट आफ्नो चरित्र हत्या गर्ने संस्था […]

विश्वकपका लागि पीएनजी र आयरल्यान्डको टोली घोषणा

काठमाडौं । २ जुनबाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपका लागि आयरल्यान्ड र पपुवा […]

कर्पोरेट सुपर सिक्सेस सिजन–७ सम्पन्न, माछापुच्छ्रे बैंक च्याम्पियन, आइसिएफसी उपविजेता

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंकले मंगलबार नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जितेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार […]