चाैका र छक्काको वर्षा भएको खेलमा मुम्बईमाथि हैदराबादको जित

काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल)को आठौं खेलमा सनराईजर्स हैदराबादले मुम्बई ईन्डियन्सलाई पराजित गरेको छ ।

घरेलु मैदान राजिव गान्धि क्रिकेट स्टेडियममा हैदराबाद ३१ रनले विजयी भयो ।

हैदराबादले दिएको २ सय ७८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४६ रन मात्र बनाउँन सक्यो ।

मुम्बईका लागि तिलक बर्माले ३३ बलमा २ चौका र ६ छक्काको सहयोगमा ६४ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर इशान किशनले १३ बलमा २ चौका र ४ छक्काको सहयोगमा ३३ रन बनाए । पहिलो विकेटका लागि रोहित शर्मा र किशनले २० बलमा ५६ रनको साझेदारी गरेका थिए । शर्माले १२ बलमा १ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए ।

नमन धिरले १४ बलमा २ चौका र २ छक्काको सहयोगमा ३० रन बनाए । टिम डेभिडले बलमा चौका र छक्काको सहयोगमा अविजित रन बनाए । कप्तान हार्दिक पान्ड्याले २० बलमा १ चौका र १ छक्काको सहयोगमा २४ रन बनाए ।

हैदराादका लागि कप्तान प्याट कमिंस र जयदेव उनान्दकडले समान २/२ तथा शाहबाज अहमदले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ७७ रन बनाएको थियो ।

हैदराबादका लागि हेनरिक क्लेसन, अभिसेक शर्मा र ट्राभिस हेडले अर्धशतक बनाए । शर्माले ३ चौका र ७ छक्काको सहयोगमा ६३ रन बनाए । ओपनर हेडले २४ बलमा ९ चौका र ३ छक्काको सहयोगमा ६२ रन बनाए । दोस्रो विकेटका लागि शर्मा र हेटले २३ बलमा ६८ रनको सानदार साझेदारी गरे ।

क्लेसनले ३४ बलमा ४ चौका र ७ छक्काको सहयोगमा अविजित ८० रन बनाए । एडेन माक्ररमले २८ बलमा २ चौका र १ छक्काको सहयोगमा अविजित ४२ रन बनाए । क्लेसन र माकरमले चौथो विकेटका लागि ५५ बलमा अविजित १ सय १६ रनको साझेदारी गरे ।

हैदराबादले आईपीएल ईतिहासमा सर्वाधिक स्कोर बनाएको थियो । यस अघि २०१३ मा रोयल च्यालेन्जर्स बेंगलुरुले पुने वारियर्स ईन्डियाविरुद्ध २ सय ६३ रन बनाएको थियो ।

मुम्बईका लागि जसप्रित बुमराहबाहेकका बलरले १० माथिको ईकोनोमीमा रन खर्चिएका थिए ।

यस खेलमा ३८ छक्का र ३१ चौका प्रहार भएको थियो । दुवै ईनिङमा गरेर यस खेलमा जम्मा ५ सय २३ रन बनेको थियो । यो पनि एकै आईपीएल खेलमा बनेको सर्वाधिक धेरै रन हो ।

दोस्रो खेलमा पहिलो जित हात पारेको हैदराबाद २ अंकका साथ अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । पराजित मुम्बई अंक बिहिनरहँदै नवौं स्थानमा रहेको छ ।





थप समाचार

कर्माचार्यको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं । आगामी शनिबारबाट सुरु हुने ललितपुर मेयर्स कपका लागि बागमती प्रदेशले आफ्नो टोली घोषणा गरेको छ । बुधबार बागमती […]

‘आफुमाथी भैरहेको नियोजित षड्यन्त्रकारीलाई चाडै कानुनी दायरामा ल्याउनेछु’ पारस

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले आफुमाथि पछिल्लो समयमा सामाजिक संजालबाट आफ्नो चरित्र हत्या गर्ने संस्था […]

विश्वकपका लागि पीएनजी र आयरल्यान्डको टोली घोषणा

काठमाडौं । २ जुनबाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपका लागि आयरल्यान्ड र पपुवा […]

कर्पोरेट सुपर सिक्सेस सिजन–७ सम्पन्न, माछापुच्छ्रे बैंक च्याम्पियन, आइसिएफसी उपविजेता

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंकले मंगलबार नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जितेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार […]

विश्वकपका लागि युगान्डा र स्कटल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका तथा वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी२० विश्वकपका लागि युगान्डा र स्कटल्यान्डको […]

सुर्यकुमारको शतकमा मुम्बईको सहज जित

काठमाडौं । सूर्यकुमार यादवको शतकको सहयोगमा मुम्बई इण्डियन्सले १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि […]