नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल ए ले जितका लागि २ सय २३ रनको लक्ष्य पाएको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो ।

आयरल्यान्डका लागि पिटर मोरले ३२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४९ रन बनाए । कप्तान निल रकले २३ बलमा १ चौका र ३ छक्काको सहयोगमा ३८ रन बनाए । केड कार्माइकलले २९ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३८ रन बनाए ।

स्टेफन डोहेनीले १६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३४ रन बनाए । गारेथ डिलेनीले १४ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३० रन बनाएका थिए । डिलेनीले अन्तिम ओभरमा मात्र ३ छक्का र १ चौका प्रहार गरेका थिए ।

नेपालका लागि कमलसिंह ऐरीले ३ तथा सागर ढकाल र आरिफ शेखले समान १/१ विकेट लिए ।





थप समाचार

डेब्यु बलमा आएको त्यो विकेट …

काठमाडौं । २०१४ मार्च १६ बंगलादेशमा रहेको जाहुर चौधरी क्रिकेट स्टेडियममा नेपालले पाँचौ संस्करणको टी-२० विश्वकपको पहिलो दिनमा नै आफ्नो […]

कर्माचार्यको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं । आगामी शनिबारबाट सुरु हुने ललितपुर मेयर्स कपका लागि बागमती प्रदेशले आफ्नो टोली घोषणा गरेको छ । बुधबार बागमती […]

‘आफुमाथी भैरहेको नियोजित षड्यन्त्रकारीलाई चाडै कानुनी दायरामा ल्याउनेछु’ पारस

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले आफुमाथि पछिल्लो समयमा सामाजिक संजालबाट आफ्नो चरित्र हत्या गर्ने संस्था […]

विश्वकपका लागि पीएनजी र आयरल्यान्डको टोली घोषणा

काठमाडौं । २ जुनबाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपका लागि आयरल्यान्ड र पपुवा […]

कर्पोरेट सुपर सिक्सेस सिजन–७ सम्पन्न, माछापुच्छ्रे बैंक च्याम्पियन, आइसिएफसी उपविजेता

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंकले मंगलबार नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जितेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार […]

विश्वकपका लागि युगान्डा र स्कटल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका तथा वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी२० विश्वकपका लागि युगान्डा र स्कटल्यान्डको […]