कोलकाताले बेगलुरुलाई हरायो, कोलकाताको लगातार दोस्रो जित

२०८० चैत्र १६, शुक्रबार २३:०६

काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल) को दशौं खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई कोलकाता नाईटराईडर्सले पराजित गरेको छ ।

बेंगलुरुको घरेलु मैदान एम चिन्नास्वामी क्रिकेट स्टेडियममा पाहुना टोली कोलकाताले ७ विकेटको जित हात पारेको हो ।

बेंगलुरुले दिएको १ सय ८३ रनको लक्ष्य कोलकाताले १६ दशमलब ५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।

कोलकाताका लागि वेनकटेस अय्यरले ३० बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५० रन बनाए । सुनिल नारायणले २२ बलमा २ चौका र ५ छक्काको सहयोगमा ४७ रन बनाए । अर्का ओपनर फिलिप साल्टले २० बलमा २ चौका र २ छक्काको सहयोगमा ३० रन बनाए ।

पहिलो विकेटका लागि नारायण र साल्टले ८६ रनको साझेदारी गरेका थिए । कप्तान श्रेयस अय्यर २४ बलमा २ चौका र २ छक्काको सहयोगमा अविजित ३९ रन बनाए ।

बेंगलुरुका लागि यस दयाल, मगंक डगर र विजयकुमारले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो ।

बेंगलुरुका लागि विराट कोहलीले ५९ बलमा ४ चौका र ४ छक्काको सहयोगमा अविजित ८३ रनको अर्धशतकीय ईनिङ खेले । क्यामरुन ग्रीनले २१ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन बनाए । ग्लेन म्याक्सवेलले १९ बलमा ३ चौका र १ छक्काको सहयोगमा २८ रन बनाए ।

कोलकाताका लागि हर्षित राना र आन्द्रे रसेलले समान २/२ तथा सुनिल नारायणले १ विकेट लिए ।

लगातार दोस्रो खेलमा विजयी कोलकाता ४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । पराजित बेंगलुरु ३ खेलमा २ अंकका साथ छैटौं स्थानमा छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy