आयरल्यान्ड वल्भ्सविरुद्धको दोस्रो खेल आज

२०८० चैत्र १७, शनिबार ०९:०३

काठमाडौं । नेपाल ए र आयरल्याण्ड वुल्भ्सबीचको टीट्वान्टी सिरिजको दोस्रो खेल आज हुदैछ ।

खेल टियु मैदान किर्तीपुरमा अपरान्ह १ बजेदेखि शुरु हुने छ ।

शुक्रबार सम्पन्न सिरिजको पहिलो खेलमा आयरल्याण्ड वल्भ्ससँग नेपाल ए २१ रनले पराजित भएको थियो । आजको खेलमा जित हात पारेर नेपाल सिरिज बराबरी गर्न चाहन्छ । उता, आईरिस टोली यस खेलमा जित निकाल्दै एक खेल अगाबै सिरिज जित्न चाहन्छ ।

नेपाल र आयरल्यान्ड वल्भ्सबीचको तेस्रो तथा अन्तिम खेल अप्रिल १ मा हुनेछ । त्यसैगरी अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

नेपाली ए टिम

विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy